दक्षिण कोरियाका राष्ट्रपति युनद्वारा भ्रष्टाचार नियन्त्रण निकाय स...
पुस ३, २०८१ बुधबार
काठमाण्डाै – नेपाल विद्युत् प्राधिकरणले ठूला उद्योगहरूमा लोडशेडिङ शुरू गरेको छ । 'पिक' समय अर्थात् बेलुका ५ बजेदेखि राति ९ बजेसम्म बिजुली अभाव रहेको भन्दै प्राधिकरणले ठूला उद्योगहरूमा विद्युत्क टौती गर्न थालेको हो ।
धेरै बिजुली खपत हुने समय बेलुका ५ बजेदेखि राति ९ बजेसम्म भारतले बिजुली नदिएकोले कटौती गर्न बाध्य भएको प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले बताउनुभयो ।
उहाँले भन्नुभयो, ‘हिउँदमा भारतबाट दिउँसाे र रातिकाे समयमा बिजुली आयात गर्ने सहमति भएकाे छ । तर 'पिक टाइम' अर्थात् बेलुका ५ बजेदेखि ९ बजेसम्म बिजुली आयात गर्ने सहमति भएकाे छैन । त्यस कारण केही उद्योगहरूमा बिजुली कटौती गर्नुपरेकाे हाे ।’
कार्यकारी निर्देशक घिसिङका अनुसार ४ सय ५६ मेगावट क्षमता रहेको माथिल्लाे तामाकोशीमा गएको असोजमा आएको बाढीले क्षति पुर्याउँदा बिजुली आपूर्तिमा समस्या भइरहेको हो । माथिल्लाे तामाकोशीबाट पूर्ण क्षमतामा बिजुली प्रवाह भएपछि अहिलेको लोडशेडिङकाे समस्या समाधान हुने उहाँको दाबी छ । तर माथिल्लाे तामाकोशी पूर्णरूपमा सञ्चालनमा आउन अझै ५/६ महिना लाग्ने उहाँले बताउनुभयो । ठूला उद्योगहरूमा बिजुली कटौती भए पनि अन्य ग्राहकहरूले लोडशेडिङको समस्या भोग्न नपर्ने उहाँले बताउनुभयो ।
घिसिङका अनुसार अहिले पिक समयमा नेपालमा १९ सय मेगावाट बिजुली माग रहेकोमा नेपालको उत्पादन १६ सय मेगावाट मात्रै रहेको छ ।
नेपालका धेरैजसो जलविद्युत् आयोजनाहरू नदीको जलप्रवाहमा आधारित रहेकाले सुक्खायाममा उत्पादन घट्ने गरेको छ । अहिले नेपालको जलविद्युत् जडान क्षमता झन्डै तीन हजार चार सय तीन मेगावाट पुगेको छ । तर नदीमा पानी घटेसँगै फागुन, चैतमा एक हजार मेगावाटसम्म झर्न सक्ने प्राधिकरणले जनाएको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।