दक्षिण कोरियाका राष्ट्रपति युनद्वारा भ्रष्टाचार नियन्त्रण निकाय समक्ष उपस्थित हुन अस्वीकार

 पुष ३, २०८१ बुधबार १८:२७:११ | एजेन्सी
unn.prixa.net

फाइल फाेटाे

दक्षिण कोरियाका राष्ट्रपति युन सुक योलले देशको भ्रष्टाचार निगरानी निकाय समक्ष उपस्थित हुन अस्वीकार गर्नुभएको छ । डिसेम्बर ३ मा सैनिक शासनको अल्पकालीन घोषणापछि संसद्ले उहाँलाई गएको हप्ता जिम्मेवारीबाट हटाएको थियो ।

भ्रष्टाचार अनुसन्धान कार्यालयका अनुसन्धानकर्ताहरूले राष्ट्रपति युनलाई विद्रोह र शक्तिको दुरुपयोगको आरोपमा सोधपुछका लागि सियोलमा रहेको कार्यालयमा बोलाएकोमा उहाँ अनुपस्थित हुनुभएको अन्तर्राष्ट्रिय समाचार संस्था एएफपीले जनाएको छ । राष्ट्रपति युनको कानूनी टोलीले अदालतमा मुद्दा लड्ने प्रतिबद्धता भने जनाएको छ ।

भ्रष्टाचार अनुसन्धान कार्यालयका प्रमुख ओह डोङ–वुनले पक्राउ पुर्जी जारी गर्ने वा नगर्नेबारे पनि ‘छलफल’ भइरहेको बताउनुभएको छ ।

राष्ट्रपति युनमाथि दक्षिण कोरियाली अभियोजकका साथै प्रहरी, रक्षा मन्त्रालय र भ्रष्टाचार विरोधी अनुसन्धानकर्ताहरूको संयुक्त टोलीले अनुसन्धान गरिरहेको छ । राष्ट्रपतिमाथि अहिले पनि अन्तर्राष्ट्रिय यात्रा प्रतिबन्ध छ ।

दक्षिण कोरियाको संवैधानिक अदालतले अस्ति सोमवारदेखि युनविरुद्ध मुद्दा चलाएको छ र महाभियोगलाई कायम राख्ने कि नराख्ने भन्ने विषयमा छुट्टाछुट्टै छलफल गरिरहेको छ ।

अन्तिम अपडेट: पुस ३, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया