पर्सामा पत्रकारमा पनि देखियो काेराेना सङ्क्रमण

 वैशाख ३०, २०७७ मंगलबार १५:५७:१२ | केसी लामिछाने
unn.prixa.net

पर्सा – पर्सामा काेराेना भाइरस सङ्क्रमण पुष्टि भएका ३९ जनामध्ये दुई जना पत्रकार रहेकाे पाइएकाे छ ।

आज काेराेना सङ्क्रमण देखिएका ३९ जनामध्ये दुई जना पत्रकार रहेकाे प्रमुख जिल्ला अधिकारी विष्णुप्रसाद कार्कीले जानकारी दिनुभयाे । उहाँका अनुसार याे सङ्ख्या अझै बढ्न सक्नेछ ।

नेपालमा अहिलेसम्म एक सय ९१ जनामा काेराेना सङ्क्रमण पुष्टि भएकाे छ । अहिलेसम्म १८ जिल्लामा सङ्क्रमण देखिएकाेमा सबैभन्दा धेरै पर्सामा ६४ जनामा सङ्क्रमण पुष्टि भएकाे छ । पर्सामा काेराेना सङ्क्रमितमध्ये तीन जना निकाे भएका छन् । 

उदयपुरमा ३२ जनामा सङ्क्रमण पुष्टि भएकाेमा १४ जना उपचारपछि निकाे भएका छन् । त्यस्तै कपिलवस्तुमा २९ जना र बाँकेमा २४ जनामा सङ्क्रमण पुष्टि भएकाे छ । 

रुपन्देहीमा १६ जनामा सङ्क्रमण पुष्टि भएकाे छ, काठमाण्डाैमा अहिलेसम्म पाँच जनामा सङ्क्रमण पुष्टि भएकाेमा पाँचै जना उपचारपछि निकाे भएका छन् । कैलालीमा पनि सङ्क्रमण देखिएका चारै जना उपचारपछि निकाे भएका छन् । 

बारामा अहिलेसम्म तीन जनामा सङ्क्रमण देखिएकाे छ । राैतहटमा तीन जनामा सङ्क्रमण देखिएकाेमा एक जना उपचारपछि निकाे भएका छन् । बागलुङमा दुई जनामा सङ्क्रमण देखिएकाेमा दुई जना नै निकाे भएका छन् । 

चितवन र झापामा दुई/दुई जनामा सङ्क्रमण देखिएकाेमा एक/एक जना उपचारपछि निकाे भएका छन् । बर्दियामा एक जनामा सङ्क्रमण देखिएकाे छ । 

भाेजपुर र कञ्चनपुरमा सङ्क्रमण देखिएका एक/एक जना उपचारपछि निकाे भएका छन् । सप्तरी र सर्लाहीमा एक/एक जनामा सङ्क्रमण देखिएकाे छ । 

अन्तिम अपडेट: माघ ८, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

केसी लामिछाने

केसी लामिछाने पर्साका उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया