धरहरा चढ्नका लागि मूल्य निर्धारण
मंसिर ७, २०८१ शुक्रबार
भोजपुर – भारतले नेपाली भूमि लिपुलेक र कालापानी क्षेत्रमा सडक बनाएकोमा विरोध गर्ने प्रदर्शनकारीलाई प्रहरीले पक्राउ गरेको छ ।
भारतले नेपाली भूमि मिचेको विरोध गर्दै भोजपुरे देशभक्त राष्ट्रवादी जनपक्षीय युवा समूहका प्रदर्शनकारीलाई प्रहरीले नियन्त्रणमा लिएको हो । पक्राउ पर्नेमा समूहका संयोजक गोपाल मोक्तान, पर्शुराम तिवारी, फविन्द्र प्रधान, कमलजंग बस्नेत र पावीहाङ राई रहेकाे जिल्ला प्रहरी कार्यालय भोजपुरले जनाएको छ ।
बुधबार भोजपुर सदरमुकामको जिरो प्वाइन्टमा समूहले ‘अतिक्रमण गरेको मातृभूमि फिर्ता गर, कालापानी, लिपुलेक हाम्रो हो’ भन्ने नारासहित विरोध प्रदर्शन गर्ने क्रममा प्रहरीले पक्राउ गरेका थिए । देशको सीमा बचाउ अभियानमा लागेका उनीहरुलाई सरकारले बलपूर्वक पक्राउ गरेको आरोप लगाएका छन् ।
शान्तिपूर्वक विरोध प्रदर्शन गर्दा पनि प्रहरीले बलपूर्वक पक्राउ गरेको संयोजक गोपाल मोक्तानले आरोप लगाउनुभयाे । प्रहरीले भने लकडाउनको अवज्ञा गर्दै सरकार विरोधी प्रदर्शन गरेकाले उनीहरुलाई नियन्त्रणमा लिएको बताएको छ ।
लकडाउन र सरकार विरोधी गतिविधि गरेकाले गृह मन्त्रालयको निर्देशन पालना गर्ने क्रममा उनीहरुलाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय भोजपुरका प्रहरी निरीक्षक (इन्सपेक्टर) पाण्डव राजवंशीले बताउनुभयो ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।