रास्वपा सभापति लामिछाने आज रुपन्देही जिल्ला अदालतमा उपस्थित ह...
माघ ९, २०८१ बुधबार
काठमाडौं – प्रधानमन्त्री केपी ओलीले आर्थिक अनियमितता नहुने गरी काम कारबाही गर्न सचिवहरुलाई निर्देशन दिनु भएको छ ।
प्रधानमन्त्री ओलीले मुलुकमा बढ्दो बेरुजुप्रति गम्भीर चिन्ता व्यक्त गर्दै आउँदो आर्थिक वर्षमा बेरुजु नआउने गरी कार्य सम्पादन गर्न सबै मन्त्रालयका सचिवहरुलाई सचेत गराउनु भएको हो ।
मंगलबार बिहान प्रधानमन्त्री तथा मन्त्रीपरिषदको कार्यालयमा महालेखा परीक्षकको कार्यालयको आगामी योजनाबारे छलफल गर्न आयोजित बैठकमा उहाँले मुलुकमा आर्थिक अनियमितता हुन नदिन सरकारले आर्थिक सुशासनमा जोड दिएको उल्लेख गर्दै चालू आर्थिक वर्षदेखि बेरुजु नआउने गरी काम गर्न सबै मन्त्रालयका सचिवहरुको गम्भीर ध्यानाकर्षण गराउनुभयो ।
प्रधानमन्त्रीले लेखाप्रति उत्तरदायी अधिकृतहरुको रुपमा रहनु भएका सचिवहरुलाई आगामी आर्थिक वर्ष बेरुजु नआउने गरी काम गर्न निर्देशन दिनु भएको महालेखा परीक्षक टंकमणि शर्माले जानकारी दिनुभयो । उहाँले बेरुजु बढ्दै गएपछि त्यसलाई नियन्त्रण गर्न प्रधानमन्त्री आफै अग्रसर हुनु भएको स्पष्ट पार्नुभयो ।
महालेखा परीक्षकको कार्यालयले पनि बेरुजु घटाउन अभियाननै संचालन गर्ने योजना अघि सारेको छ । प्रधानमन्त्री ओलीले चालु आर्थिक वर्षको सुरुमै बेरुजु हुन नदिन सचिवहरुलाई सचेत गराउनु भएको हो ।
महालेखा परीक्षक शर्माले वित्तीय प्रशासनलाई सुधार गर्न पनि प्रधानमन्त्री ओलीले सचिवहरुलाई निर्देशन दिनु भएको बताउनुभयो । बैठकमा मुख्य सचिव, सचिव, संवैधानिक अंगका लेखाप्रति उत्तरदायी अधिकृतहरुको उपस्थिति रहेको थियो ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।