खाल्सा क्षेत्रमा पापानी चाड शुरू
मंसिर १०, २०८१ सोमबार
काठमाण्डाै - भारतमा कोरोेनाकाे नयाँ सङ्क्रमण हुने र ज्यान गुमाउनेको दर पनि बढ्दै गएको छ ।
भारतमा २४ घण्टामा साढे ४ हजार भन्दा धेरै नयाँ सङ्क्रमित थपिएको र १ सय ३१ जनाको ज्यान गएको वर्ल्डओमिटरले जनाएको छ । यससँगै भारतमा कोरोना सङ्क्रमितको संख्या १ लाख ३ सय २८ पुगेको छ । अहिलेसम्म ३ हजार १ सय ५६ जनाकोे ज्यान गएको छ ।
पछिल्लाे २४ घण्टामा मात्रै १ सय ३१ जनाको ज्यान गएको वर्ल्डओमिटरले जनाएको छ । भारत सरकारले भने अहिलेसम्म ९६ हजार भन्दा धेरैमा सङ्क्रमण पुष्टि भएको र ३ हजार २९ जनाको कोरोना सङ्क्रमणका कारण ज्यान गएको पुष्टि गरेको छ ।
वर्ल्डओमिटरका अनुसार विश्वमा अहिलेसम्म ४८ लाख ९१ हजारभन्दा धेरैमा कोरोना देखिएकोमा १९ लाख ७ हजारभन्दा धेरै निको भएका छन् । उपचार गराइरहेका २६ लाख ६३ हजारभन्दा धेरैमध्ये दुई प्रतिशत अर्थात साढे ४४ हजार जनाको अवस्था जटिल र बाँकीको अवस्था सामान्य छ । ३ लाख २० हजार जनाको भने ज्यान गएको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।