नयाँ स्टक एक्सचेन्जको विषय अगाडि बढाउँछु : धिताेपत्र बाेर्डका ...
मंसिर १२, २०८१ बुधबार
काठमाण्डाै - मुस्लिम समुदायले आफ्नो महान पर्व ईद उल फित्र भोलि साेमबार मनाउने भएका छन् ।
शनिबार राति चन्द्रमा नदेखिएकाले ईद भोलिमात्र मनाइने नेपाली जामे मस्जिदका अध्यक्ष अब्दुल समिमले जानकारी दिनुभयो । एक महिना लामो व्रत समापन गर्नु अघिल्लो रात आकाशमा चन्द्रमा देखिनुपर्ने नियम रहेकोमा गए राति चन्द्रमा नदेखिएकाले भोलि मात्र मनाइने उहाँले बताउनुभयो ।
भरे राति चन्द्रमा नदेखिए पनि भोलि ईद मनाइने छ । रमजानको व्रत ३० दिनभन्दा लामो नहुने र आज ३० औ दिन भएकाले भरे चन्द्रमा नदेखिए पनि भोलि ईद मनाइने उहाँको भनाइ छ ।
यसैबीच नेपाली जामे मस्जिद राष्ट्रिय मुस्लिम आयोग लगायत संस्था र इस्लाम धर्मका अगुवाहरुले कोरोनाको जोखिम रहेकाले भोलि घरमै नमाज पढेर ईद मनाउन आग्रह गरेका छन् । सरकारले ईदको दिन सर्वाजनिक बिदा दिने घोषणा गरेको छ ।
रमजान महिनाको अन्त्यमा मनाइने प्रमुख पर्व ईद उल फित्रका दिन मस्जिदमा गएर सामूहिक नमाज पढ्ने प्रचलन मुसलमान समुदायमा रहेको छ । रमजानको शुरुका दिनमा पनि आयोगले कोरोना भाइरस सङ्क्रमणको जोखिमलाई मध्यनजर गर्दै घरमै बसेर नमाज पढन् अनुरोध गरेको थियो ।
यस्तै ईदको नमाज पढेपछि छरछिमेकमा पुगेर एकअर्कामा शुभकामना आदानप्रदान गर्ने चलन रहेकोमा यसपटक त्यो चलनको पालना नगर्न मुस्लिम आयोगले जनाएको छ ।
इस्लाम धर्मावलम्बीले रमजान महिनामा दिनभर निराहार व्रत अर्थात् रोजा बसेर नमाज पढछन् । रमजानको अन्तिम दिन ईद उल फित्र नमाज अदा गरेपछि एक महिना लामो उपवास समापन गर्ने गरिन्छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।