जापानी गाडी निर्माण कम्पनीहरु होन्डा र निसानको मर्जर प्रक्रिया ...
पुस ९, २०८१ मंगलबार
काठमाण्डौ – साउदीले बिहीबारदेखि कर्फ्यु खुकुलो बनाउँदै लैजाने भएको छ । कोरोना सङ्क्रमण रोकथामका लागि साउदीले जारी गरेको झण्डै दुई महिने लामो कर्फ्यु विभिन्न चरणमा विभाजन गरी केही बिहीबारदेखि खुकुलो बनाइएको त्यहाँ रहेको नेपाली दूतावासले जनाएको छ ।
पहिलो चरणमा मे २८ देखि ३० मेसम्म मक्का बाहेकका क्षेत्र र प्रान्तहरुबीचको आवागमनलाई बिहान ६ बजेदेखि दिउँसो तीन बजेसम्म खुलाउने र बाँकी समय लकडाउन हुने त्यहाँको आन्तरिक मामिला मन्त्रालयले जनाएको छ । यसअघिको लकडाउनमा क्षेत्र र प्रान्तहरुबीचको आवागमन बन्द गरिएको थियो ।
खुल्ला गरिएको समयमा खुद्रा तथा होलसेल पसलहरु र मलहरु खुल्नेछन् । तर दुरी कायम गर्नुपर्नेछ भने पार्लर, र्सलुन, खेलकुद केन्द्रहरु, जिम र हल लगायत भने बन्द रहनेछ ।
त्यसैगरी दोस्रो चरणमा मे ३१ देखि जुन २० सम्म मक्का बाहेकका क्षेत्र र प्रान्तहरुबीच बिहान ६ बजेदेखि साँझ ८ बजेसम्म आउजाउ गर्न पाइन्छ ।
कोरोना सङ्क्रमण नियन्त्रणसम्बन्धी सबै गाइडलाइनहरु पूर्ण पालना गर्ने गरी मन्त्रालय, सरकारी निकायहरु र निजी क्षेत्रका कम्पनीहरुमा कर्मचारीको उपस्थितिलाई पनि अनुमति दिइएको छ ।
तर यस क्षेत्र र प्रान्तबीच चल्ने सार्वजनिक यातायातका साधनहरु भने बन्द नै रहनेछन् । रेष्टुरेन्ट, फुड र बेभरेजहरु खुल्ने भएका छन् तर पार्लर, सैलुन, खेलकुद केन्द्रहरु, जिम र हल लगायत भने दोस्रो चरणमा पनि बन्द रहनेछन् ।
तेस्रो चरणलाई जून २१ पछिको अवधिमा मानिएको छ । यस अवधिमा सरकारले आर्थिक गतिविधिका सबै क्षेत्रहरु खुल्ला गर्ने र लकडाउन भन्दा अगाडिको ‘सामान्य’ अवस्थामा देशलाई लैजाने योजना बनाएको साउदी प्रेसलाई उल्लेख गर्दै त्यहाँ रहेको दूतावासले जनाएको छ ।
लकडाउन खुकुलो बनाउँदै लाने निर्णय गरे पनि अन्तर्राष्ट्रिय उडान भने कहिले खुल्छ भनेर साउदीले जनाएको छैन । साउदीमा अहिले पनि कोरोना सङ्क्रम दिनमा दुई हजार जनाका दरले बढिरहेको छ ।
तर यो पहिलेको तुलनामा सङ्क्रमितको सङ्ख्या घट्दो क्रममा छ । निको हुनेको सङ्ख्या धेरै रहेको दूतावासको भनाइ छ । साउदीमा कार्यरत १ हजार ३६४ जना नेपालीमा कोरोना सङ्क्रमण पुष्टि भएको छ ।
निको हुने नेपालीको सङ्ख्या साउदीले खुलाएको छैन । ७ जना नेपालीको कोरोनाको कारण ज्यान गएको छ । साउदीमा अहिलेसम्म ७६ हजार ७२६ जनामा कोरोना सङ्क्रमण भएको छ । ४८ हजार ४५० जना निको भएका छन् भने २७ हजार ८६५ जनाको अस्पतालमा उपचार भइरहेको छ । ४११ जनाको कोरोनाको कारण ज्यान गएको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।