आन्तरिक राजस्व कार्यालय चितवनले बक्यौता कर उठाउन घरघरमा पत्राच...
माघ ५, २०८१ शनिबार
काठमाण्डौ - संविधान संशोधन प्रस्तावका बारेमा निर्णय गर्न नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक जेठ १७ गते शनिबार बस्ने भएको छ ।
संसदमा दर्ता भएको संविधान संशोधन प्रस्ताव सकारात्मक रहेको र यसबारेमा आधिकारिक निर्णय गर्न केन्द्रीय कार्यसमितिको बैठक बोलाइएको कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले जानकारी दिनुभयो ।
बैठकमा केन्द्रीय कार्यसमितिका पदाधिकारी, केन्द्रीय सदस्यहरु तथा आमन्त्रित केन्द्रीय सदस्यहरुलाई अनिवार्य उपस्थित हुन पनि कांग्रेसले भनेको छ । सरकारले लिपुलेक लिम्पियाधुरा र कालापानी क्षेत्र समेटेरर नयाँ नक्सा जारी गरेपछि नेपालको निशान छाप संशोधनका लागि संविधान संशोधन गर्न सरकारले विधेयक संसदमा दर्ता गरेको छ ।
संसदको बुधबारको बैठकमा यो विधेयक अघि बढाउने तयारी गरेपनि सरकारले अन्तिम समयमा विधेयक अघि नबढाउने निर्णय गरेपछि बुधबारको कार्यसूचीबाट हटाइएको थियो ।
सरकारले कांग्रेसले समय मागेकाले विधेयक अघि नबढाइएको दावी गरेको छ भने कांग्रेसले यसमा आफ्नो कारण नभएको स्पष्टीकरण दिएको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।