अझै तीन दिन बदलीसँगै वर्षाको सम्भावना

 जेठ १६, २०७७ शुक्रबार ९:१७:० | रासस
unn.prixa.net

काठमाण्डौ - पश्चिमी वायु र स्थानीय वायुको प्रभावले अझै तीन दिन देशभर बदलीसँगै वर्षाको सम्भावना रहेको मौसमविदले जनाएका छन् ।

हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहनुका साथै नेपालको पूर्वी भूभाग नजिक बनेको निम्नचापीय रेखा र स्थानीय वायुको प्रभावले बदलीसँगै मेघगर्जन, हावाहुरी चट्याङसहित वर्षा भइरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । आज काठमाण्डौ उपत्यकामा बिहानै वर्षा भएको छ ।
  
ती मौसमी प्रणाली अझै विकसित हुने क्रममै रहेकाले आगामी तीन दिन देशभर वर्षाको सम्भावना रहेको मौसमविद् विभूति पोखरेलले बताउनुभयो ।

दिउँसो देशभर सामान्य बदली रही देशको धेरैजसो स्थानमा मेघगर्जन, हावाहुरी चट्याङसहित वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । शनिबार देशको पूर्वी र पश्चिमी भूभागलगायत मध्य पहाडी भूभागमा सामान्य बदली रही देशको केही स्थानमा मेघगर्जन, चट्याङ र हावाहुरीसहित वर्षाको सम्भावना रहेको बताइएको छ ।

आइतबार देशको पहाडी भूभागमा सामान्य बदली रही बाँकी भूभागमा आंशिक बदली रही पहाडी भूभागका धेरैजसो स्थानमा मेघगर्जन, चट्याङ र हावाहुरीसहित वर्षाको सम्भावना रहेको औँल्याएको छ ।
 
मौसम पूर्वानुमान महाशाखाको पछिल्लो विवरणअनुसार आज काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रम १४ दशमलव चार डिग्री र अधिकतम तापक्रम २८ दशमलव चार डिग्री सेल्सियस रहेको छ ।

आज सबैभन्दा कम जुम्लाको न्यूनतम तापक्रम छ दशमलव पाँच डिग्री र सबैभन्दा बढी भैरहवा अधिकतम तापक्रम ५३ दशमलव शून्य डिग्री सेल्सियस रहेको छ ।

अन्तिम अपडेट: पुस १२, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया