‘क्यान इन्फोटेक’ को ३० औं संस्करण माघ २४ देखि काठमाण्डौमा हुने
माघ ५, २०८१ शनिबार
काठमाण्डौ - नेपाल कम्युनिष्ट पार्टी (नेकपा) सचिवालय बैठक सुरु भएको छ ।
प्रधानमन्त्री निवास बालुवाटारमा बसिरहेको बैठकमा विवादित परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी)को विषयमा छलफल भइरहेको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिनुभयो ।
बिहीबार सार्वजनिक भएको बजेटमा एमसीसी घुसाइएको भन्दै नेकपाका केही सचिवालय सदस्यले नै विरोध गरेपछि सचिवालय बैठकमा छलफल थालिएको हो । सरकारले आर्थिक वर्ष २०७७-०७८ को बजेटमा अन्तरदेशीय प्रशारण लाइन निर्माणका लागि ३६ अर्ब २ करोड बजेट विनियोजन गरिएको उल्लेख गरेको थियो ।
यसमा घुमाउरो पारामा एमसीसीलाई घुसाउन खोजिएको नेकपाका केही नेताको आरोप छ । बैठकमा प्रधानमन्त्री एंव नेकपाका अध्यक्ष केपी शर्मा वली, अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसहित परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली, अर्थमन्त्री डाक्टर युवराज खतिवडा, नेता भिम रावललगातय सहभागी हुनुहुन्छ ।
एमसीसी अमेरिकाको सैन्य रणनीतिको अंग भएकोले नेपालको संविधान, परराष्ट्र नीति र भूराजनीति विपरित हुने भन्दै नेकपाकै केही नेताहरुले भने विरोध गर्दै आएका छन् ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।