रास्वपा सभापति लामिछाने आज रुपन्देही जिल्ला अदालतमा उपस्थित ह...
माघ ९, २०८१ बुधबार
रुपन्देही – नेपाली कांग्रेसका केन्द्रीय सदस्य गुरु घिमिरेले ओली—प्रचण्डले इश्वरले शासन गर्न पठाएर आए जस्तो रबैया देखाएको आरोप लगाउनुभएको छ ।
नागरिकको हित विपरित, संविधानको मर्म विपरित निर्णयहरु गर्दै गइरहेको भन्दै तत्काल यसलाई रोक्न चेतावनी समेत दिनुभएको छ । रिपोर्टर्स क्लब प्रदेश ५ ले बुटवलमा गरेको साक्षात्कार कार्यक्रममा बोल्दै घिमिरेले सरकारले देखाएको रबैयाका कारण कांग्रेसले आफ्ना माग बोकेर सडकमा जानु परेको बताउनुभयो ।
सांसदको सपथ नखाँदै ओलीले सोझै प्रधानमन्त्रीको सपथ खाने, राष्ट्रपति विद्यादेवी भण्डारीले राष्ट्रियसभाका तीन जनाको सिफारिसलाई धेरै दिनसम्म झुलाएर नयाँ सरकार बनेपछि फेरि तीन जनालार्इ मनोनयन गरेर संविधानको उल्लंघन सुरु भयो ।’ प्रधानमन्त्री र राष्ट्रपतिले संविधानको उल्लंघन गरेको उहाँको आरोप छ ।
‘५ वर्षका लागि सरकार बनेको हो, चुनाव जित्न नागरिक रिजाउन सक्नुपर्छ, त्यसै ५० वर्ष कम्युनिष्ट सरकार बन्छ, जित्छ भनेर नागरिक धम्काएर जितिन्छ ?’, उहाँले प्रश्न गर्नुभयो ।
प्रस्तावित प्रधानन्यायाधीश दीपकराज जोशीलाइ प्रधानन्यायधीश नबनाउने षड्यन्त्र भैरहेको उहाँको भनार्इ छ । ‘संवैधानिक परिषदको सिफारिस, न्यायरिषदको अनुमोदन, सर्वोच्च अदालतको सिफारिस पूरा गरेर आएको व्यक्तिलाई घरी शैक्षिक प्रमाणपत्रको कुरा उठाएर, घरी न्यायसम्पादनको कुरा उठाएर प्रधानन्यायाधीश नबनाउने षड्यन्त्र भएको छ’, घिमिरेले भन्नुभयो ।
उहाँले नेकपाभित्र आन्तरिक द्वन्द्वका कारण नै सरकार ५ वर्ष नटिक्ने ठोकुवा गर्नुभयो । ‘नेकपाका प्रवक्ताले राजीनामा दिएका छन्, गोविन्द केसीको अनसनमा नेकपाका धेरै सांसदको समर्थन थियो, यस्तै कारण सरकार टिक्दैन ।’
‘शेरबहादुर, रामचन्द्रहरु किनारामा बसेर युवापुस्तालाइ हौसला दिनुस्’, घिमिरेले भन्नुभयो । फुटबलका पेलेजस्तै नेपाली राजनीतिमा कांग्रेस सभापति शेरबहादुर देउवा पेले भएको उहाँले टिप्पणी गर्नुभयो ।
‘४ पटक प्रधानमन्त्री बन्नुभयो, सभापति बन्नुभयो, अब हामीले तपार्इँहरुलाइ धेरै भारी बोकाए पाप लाग्छ, शेरबहादुर दाइ, रामचन्द्र दाइहरु मैदानको किनारामा बसेर ताली बजाउनुस्, हौसला दिनुस्, अब हामी मैदानमा खेल खेल्छौं ।’
फुटबलको उदाहरण दिँदै घिमिरेले भन्नुभयो, ‘पेले कुनै बेला राम्रै खेल्थे तर अहिले दर्शक दीर्घामा बसेर ताली पिटेर हौसला दिने गरेका छन् ।’ उहाँले अब पार्टी नयाँ शिराबाट अगाडि बढाउनुपर्ने धारणा राख्नुभयो ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।
Indra Bahadur karki
Aug. 1, 2018, 7:03 p.m.ज्योतिषीले सात पटक प्रधानमंत्री भएस भनेर दियेको आशीर्वाद मिथ्या होलानी किनार मा बसेरा ताली बजाउदा।
Dhruba Bhusal
Aug. 1, 2018, 6:09 p.m.दर्शक दीर्घा मा बसेर ताली बजाउन सक्नु पनी त पर्यो नी सभापती ले। आफै खेल्ने भन्छन सधै।