युगान्डालाई हराउँदै नेपालकाे महिला टोली खो–खो विश्वकपको फाइ...
माघ ५, २०८१ शनिबार
धनुषा – प्रदेश नम्बर २ काे प्रदेश सभाका मर्यादापालक र एक जना राज्यमन्त्रीका सहयोगीमा कोरोना सङ्क्रमण पुष्टि भएको छ ।
प्रदेश सभाको चौथो अधिवेशन अन्तर्गत बुधबारदेखि सुरु भएको संसदमा खटिएका पाँच जना मर्यादापालकमा कोरोना सङ्क्रमण पुष्टि भएको हो । प्रदेश सभाका सांसद, कर्मचारी र सुरक्षाकर्मीको काठमाण्डाैको राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा गरिएकाे परीक्षणमा पाँच जना मर्यादापालकमा कोरोना पुष्टि भएको हो ।
बिहीबार आएको परीक्षण रिपोर्ट अनुसार प्रदेश २ काे सप्तरीमा १२, धनुषामा ६, महोत्तरीमा तीन, सर्लाहीमा तीन, रौतहटमा ६५, बारामा १२ र पर्सामा एक जना सङ्क्रमित थपिएका हुन् ।
योसँगै प्रदेशमा सङ्क्रमितको सङ्ख्या नाै सय ६१ पुगेको छ । काेराेना सङ्क्रमित हुनेमा नेपाल प्रहरीका कर्मचारी रहेकाे धनुषाका प्रमुख जिल्ला अधिकारी कोषहरी निरौलाले जानकारी दिनुभयाे । सङ्क्रमित पाँचै जना मर्यादापालकलाई आइसोलेशनमा राखिएको उहाँले बताउनुभयाे ।
बुधबारदेखि सुरु भएको प्रदेश सभाको चौथो अधिवेशन बस्नुअघि सबै सांसद, कर्मचारी र प्रहरीको स्वाब सङ्कलन गरिएको थियो । प्रदेश सभाका मर्यादापालकमा कोरोना पुष्टि भएपछि प्रदेशसभा बैठक भोलि १ बजेसम्मकाे लागि स्थगित भएको छ ।
प्रदेश २ अन्तर्गत अहिलेसम्म सप्तरीमा ६९, सिरहामा ४७, धनुषामा ८८, महोत्तरीमा ४३, सर्लाहीमा एक सय ४९, रौतहटमा तीन सय ८४, बारामा ६७ र पर्सामा एक सय १५ जनामा कोरोना पुष्टि भइसकेकाे छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।
कर्ण उज्यालाेका धनुषा संवाददाता हुनुहुन्छ ।