खाल्सा क्षेत्रमा पापानी चाड शुरू
मंसिर १०, २०८१ सोमबार
काठमाण्डाै - विश्वमा कोरोना भाइरसबाट सङ्क्रमित भएकाहरु निको हुने क्रम बढेको छ ।
पछिल्लो दुई हप्ता यता निको हुनेको संख्या बढेको वर्ल्डओमिटरले जनाएको छ । पछिल्लो २४ घण्टामा मात्रै झण्डै ८१ हजार जना निको भएका छन् । बुधबार जुन ३ तारिखमा एक लाख ५३ हजार ६ सय ९९ जनाले कोरोनालाई जित्न सके । हिजो भने यो संख्या केही घट्यो । हिजो ८० हजार ८ सय ३१ जना निको भएका छन् ।
गएको मे २२ तारिख अर्थात ९ गते एक लाख ६ हजार ९ सय ३७ जना सङ्क्रमित निको भएका थिए । मे २३ तारिखमा भने ५९ हजार ५ सय १५ जना, मे २४ तारिखमा ५५ हजार ७ सय १९ जना तथा मे २५ मा बढेर ६५ हजार ३ सय ६९ जना निको भएका थिए ।
यस्तै मे २६ तारिखमा ६६ हजार ६ सय ३२ जना निको भए । मे २७ तारिखमा ६८ हजार ४ सय ७२ जनाले कोरोना भाइरसलाई जिते भने २८ तारिखमा ८४ हजार भन्दा धेरै सङ्क्रमित निको भए । यस्तै मे ३१ मा एक लाख ९ हजार भन्दा धेरै निको भए ।
विश्वमा अहिले ६७ लाख भन्दा धेरै सङ्क्रमित छन् । यसमध्ये ३२ लाख ५२ हजार भन्दा धेरै निको भएका छन् भने ३ लाख ९३ हजार २ सय २४ जनाको ज्यान गएको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।