भारतीय फिल्ड अफिसको सेवा बन्द, कार्यालय खुल्ला

 साउन १७, २०७५ बिहीबार ८:१०:९ | उज्यालो सहकर्मी
unn.prixa.net

माेरङ – विराटनगरमा एक दशकदेखि अवैधानिक रुपमा सञ्चालित भारतीय फिल्ड अफिसको सेवा बन्द भए पनि कार्यलय भने खुला रहेको छ ।

भारतीय दुतावासले एक प्रेस विज्ञप्ति जारी गरेर अगस्ट १ देखि विराटनगरको फिल्ड अफिसले गर्दै आएका सबै काम काठमाडौंस्थित दूताबासबाटै हुने जनाएको थियो । दूतावासले कार्यालयबाट प्रदान गर्दै आएको सम्पूर्ण सेवा बन्द गरेको बताए पनि कार्यालयभित्र कर्मचारीको चहलपहल भने पहिलेको जस्तै छ । 

सम्पर्क कार्यालयका प्रमुख निरज जैसवालले सम्पर्क कार्यालयबाट सेवा बन्द गरिएको भए पनि कार्यालयभित्रका सम्पूर्ण सामग्रीहरु लिएर कर्मचारी जान समय लाग्ने भएकोले कार्यालय खोल्नु परेको बताउनुभयाे । यसअघि दुतावासले अगष्ट १ बाट कार्यालय बन्द गर्ने जनाएको थियो । सेवा बन्द गरिएको कार्यालयमा राखिएको भारतीय झण्डा पनि हटाइएको छैन ।

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको नेपाल भ्रमणको समयमा यो कार्यालय बन्द गर्ने सहमति भएको थियो । सम्पर्क कार्यालय बन्द भएकोबारे जानकारी लिन पुगेका इलाका प्रहरी कार्यालय रानीका प्रमुख प्रहरी निरीक्षक सन्तोष निरौलालाई कार्यालय प्रमुख जैसवालले कार्यालय पूर्ण रुपमा बन्द गर्न अझै दुई साता लाग्ने बताउनुभएकाे थियाे । 

सप्तकोशीको बाँध फुटेपछि नेपाली गाडीलाई रुट अनुमति प्रदान गर्न स्थापना भएको भारतीय अफिस प्रयोजन सकिएपछि पनि जबरजस्ती बसिरहेको थियो ।

अन्तिम अपडेट: माघ ९, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया