कर्णाली प्रदेशमा कोरोना सङ्क्रमितको सङ्ख्या ७ सय नाघ्यो

 जेठ २८, २०७७ बुधबार १६:३४:५४ | मुना हमाल
unn.prixa.net

सुर्खेत - कर्णाली प्रदेशमा कोरोना सङ्क्रमितको सङ्ख्या सात सय नाघेको छ । बुधबार  ३७ जना कोरोना सङ्क्रमित थपिएसँगै प्रदेशमा कोरोना सङ्क्रमितको सङ्ख्या सात सय ८ पुगेको  हो  । 

प्रदेश अस्पताल र र पशुपंक्षी रोग अन्वेषण प्रयोेगशाला सुर्खेतमा गरिएको परीक्षणमा दैलेखका २५, सुर्खेतका नौ र जाजरकोटका तीन जनामा कोरोना सङ्क्रमण देखिएको सामाजिक विकास मन्त्रालयअन्तर्गतको जनस्वास्थ्य सेवा महाशाखाले जनाएको छ । 

यस्तै महाशाखाको अनुसार अहिलेसम्म कर्णालीमा कोरोनालाई जितेर घर फर्किनेको सङ्ख्या २९  रहेको छ ।  कर्णालीमा कोरोना सङ्क्रमणबाट तीन जनाको ज्यान गइसकेको छ । 

अन्तिम अपडेट: मंसिर ११, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

मुना हमाल

मुना हमाल सुर्खेतका उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया