थाइल्याण्डमा समस्यामा परेका नेपालीलाई असार ३ गते स्वदेश फर्काइने

 जेठ २८, २०७७ बुधबार २०:५४:१७ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – थाइल्याण्डमा समस्यामा परेका नेपालीलाई आउँदो असार ३ गते बुधबार नेपाल एअरलाइन्सको चार्टर्ड जहाजमार्फत स्वदेश ल्याइने भएको छ । २ सय ६० जना नेपालीलाई स्वदेश फर्काइने त्यहाँ रहेको नेपाली दूतावासले जनाएको छ ।

प्राथमिकतामा परेका १३ जनालाई दूतावासले कुर्नुपर्ने सूचीमा राखेको छ । प्राथमिकतामा परेका २६० जना नेपालीले आउँदो शनिबारभित्र नेपाल एअरलाइन्सको बैंककस्थित कार्यालय या आफन्तले काठमाण्डौमार्फत टिकट काट्न सक्नेछन् ।

दूतावासले टिकट काट्न एअरलाइन्सको बैंककस्थित कार्यालय ९०२२६६७१४६० वा यात्रुका आफन्तले काठमाण्डौस्थित एयरलाइन्सको कार्यालय ९४२४८६०७० मा सम्पर्क गर्न सकिने जनाएको छ ।

यो चार्टर्ड जहाजमार्फत फर्कने नेपालीका लागि भाडादर ३९० अमेरिकी डरल अर्थात ४७ हजार तीन सय रुपैयाँ तोकिएको छ । टिकट खर्च फर्कने आफैंले तिर्नुपर्ने हुन्छ ।

प्रथमिकतामा परेका २६० जनाले तोकेको मितिमा टिकट नकाटेमा प्रतीक्षा सूचीमा रहेका १३ जनालाई टिकट काट्न प्राथमिकता दिइने दूतावासले जनाएको छ । फर्कने प्राथमिकतामा परेका नेपालीले सात दिनभित्र कोरोना परीक्षण गरेको रिपोर्ट साथमा राख्नुपर्छ । कोरोना जाँच नेगेटिभ आएमा मात्र फर्कन पाइनेछ ।

अन्तिम अपडेट: पुस ५, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

1 Comments

  • Raju balami

    June 11, 2020, 1:46 p.m.

    Im from bangkok recently i care 2 nepali due to covid now they like to back nepal .so what i must procesed for them to back nepal.

  •  0 Reply

तपाईको प्रतिक्रिया