आईएमईबाट रकम पठाइ विजेता बनेकी प्रमिला रोकायालाई आईएमई ग्रु...
पुस १३, २०८१ शनिबार
काठमाण्डाै - मनसुन भित्रिन लागेकाले अब बिस्तारै पानी पर्ने क्रम बढ्ने मौसमविद्ले बताएका छन् ।
मनसुनका लागि उपयुक्त प्रणाली बन्ने क्रममा रहेकाले अब पानी पर्ने क्रम बढ्दै जाने मौसम पूर्वानुमान महाशाखाका मौसमविद् प्रतिभा मानन्धरले जानकारी दिनुभयो । उहाँका अनुसार अब मनसुनअघिको अवस्था भन्दा फरक पानी पर्न थाल्नेछ ।
सामान्यतया मनसुन अघिको अवस्थामा झ्वार्र पानी परेर रोकिन्छ भने मनसुनमा निरन्तर पानी परिरहनेछ । सामान्यतया नेपालमा जुन १० मा मनसुन भित्रिने भएपनि केही वर्षयता ढिला भित्रिएर ढिला नै बाहिरिने गरेको छ ।
अबको एकदुई दिनमा नेपालमा मनसुन भित्रने देखिएकाले त्यसपछि नै मौसम पुर्वानुमान महाशाखाले मनसुन भित्रिएको घोषणा गर्ने तयारी गरेको छ । आज देशभरी कै मौसम आशिंक देखि सामान्य बदली भइ केही ठाउँमा पानी पर्ने सम्भावना रहेको मौसमविद् मानन्धरको भनाइ छ ।
उहाँका अनुसार आज पश्चिमको तुलनामा पूर्वका केही ठाउँमा अलि धेरै पानी पर्ने सम्भावना छ
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।