धरहरा चढ्नका लागि मूल्य निर्धारण
मंसिर ७, २०८१ शुक्रबार
काठमाण्डौ – सरकारले विदेशमा समस्यामा परेका नेपालीको स्वदेश फिर्तीका लागि तोकिएको हवाई भाडादर फेरि घटाएको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले यसअघि २ पटक सार्वजनिक गरेको भाडा महँगो भएको भन्दै विरोध भएपछि तेस्रोपटक घटाइएको हो ।
शनिबार संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय सिंहदरबारमा भएको छलफलमा हालको प्रस्तावित हवाई भाडादरमा पुनरावलोकन गर्न संस्कृति, पर्यटन तथा नागरिक उडडयन मन्त्री योगेश भट्टराईले नेपाल वायुसेवा निगम र हिमालयन एयरलाइन्सलाई अनुरोध गरेपछि निगमले भाडादरमा पुनरावलोकन गरेको हो ।
शनिबार नेपाली श्रमिकको मुख्य श्रम गन्तव्य देशको भाडा मात्र घटाइएको हो । पहिलो पटक तय गरिएको चार्टर्ड उडानको भाडादरको चौतर्फी विरोध भएपछि शुक्रबार साँझ भाडादर केही घटाइएको थियो । त्यो भाडादर पनि सामान्य अवस्थाकोभन्दा महंगो भएको भन्दै स्वदेश फर्कने तयारीमा रहेका श्रमिकहरुको गुनासो थियो । कुल लागतको २० प्रतिशत वा १०० डलरसम्म भाडा घटाउने निर्णय भएको भएको छ । घटेको भाडादर भोलि आइतबारदेखि नै कार्यान्वयनमा आउने छ ।
मलेसिया र खाडीका ६ देशका लागि ९० देखि १०० डलरसम्म भाडा घटाइएको वायुसेवा निगमले जनाएको छ । कतारको दोहाबाट आउने श्रमिकका लागि चार्टर्ड जहाजको भाडादर यसअघि ४९० डलर कायम गरिएको थियो । तर यो भाडा फेरि घटाएर ३९२ अमेरिकी डलर कायम भएको छ ।
यूएईका तीन राज्य दुबई, सारजहा र आबुधाबीबाट फर्कनेका लागि सुरुमा ५०० अमेरिकी डलर भाडादर कायम गरिएको थियो । त्यसलाई शुक्रबार घटाएर ४५० अमेरिकी डलर कायम गरिएको थियो तर अब ३९० डलर कायम गरिएको छ ।
मलेसियाका लागि यसअघि ४६५ अमेरिकी डलर रहेकोमा अब घटाएर ३७२ डलर कायम गरिएको छ ।
साउदीको दमामको भाडा ५३० बाट ४३० कायम गरिएको छ भने साउदीकै रियादबाट नेपाल फर्कनेका लागि यसअघि तोकिएको ५६५ अमेरिकी डलरबाट घटाएर ४६५ र जेद्दाबाट स्वदेश फर्कनेले अब चार्टर्ड उडानको भाडा ५९० अमेरिकी डलर तिर्नपर्छ । यसअघि यो भाडादर ६९० अमेरिकी डलर थियो ।
ओमानको भाडा ४६० बाट ३६८ मा झारिएको छ । तर ओमानमा रहेको नेपाली दूतावासले ओमानकै सलाम एअरमार्फत नेपालीलाई ११५ ओमानी रियाल अर्थात २९८ अमेरिकी डलर भाडा तोकेको छ । यो भाडादर सरकारले दुई पटक घटाएको भाडाभन्दा सस्तो छ ।
यस्तै बहराइनबाट फर्किनेले यसअघि ४९० अमेरिकी डलर भाडा तिर्न पर्ने भए पनि यसलाई घटाएर अहिले ३९२ अमेरिकी डलरमा झारिएको छ भने कुवेतको भाडा ४१० अमेरिकी डलर कायम गरिएको छ । यसअघि ५१० अमेरिकी डलर रहेको थियो ।
जोर्डनको भाडा ७७५बाट ६७५ र साइप्रसको भाडा ८३० बाट ७३० डलर तोकिएको छ । सय डलर नबढ्ने गरी २० प्रतिशतसम्म भाडा घटाउन नेपाल एयरलाइन्स सहमत भइसकेको छ । तर हिमालयनले एअरलाइन्सले भने यसबारे पछि बताउने जनाएको छ ।
सरकारले विदेशमा समस्यामा परेका नेपालीको स्वदेश फिर्तीका लागि हिमालय एअरलाइन्स र नेपाल एअरलाइन्ससँगै अन्य विदेशी जहाजलाई पनि प्रयोग गर्ने जनाएको छ । कतिपय देशले आफ्नै खर्चमा ल्याइदिएका छन् । तर सरकारले तोकेको भाडादर महंगो र महिनौदेखि समस्यामा रहेका श्रमिकले तिरेर फर्कन नसक्ने भन्दै विरोध भइरहेको छ ।
साउदीको दमामबाट असार एक गते हुने भनिएको पहिलो उडान रद्द भइसकेको छ । यस्तै माल्दिभ्सबाट नेपालीको स्वदेश फिर्तीका लागि हुने भनिएको पहिलो उडान पनि शनिबार नै रद्द गरिएको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।
Kumar
July 19, 2020, 12:35 a.m.यो खबर कसरी सक्कली मानौं , कहिले के भन्छ कहिले के ?? बरु नियमित उडान गर सरकार यो नाटक अत्ति भो ..आफ्नो सुरक्षा आफै गर्न जानेका छन् / यहाँ उद्दारको नाममा दलाल ले लुट्न सम्म लुटेका छन्/ के पैसा नहुनेले कसरी घर फिर्ता हुने ??यो सरकारको नियत पनि ठीक छैन ...चुनाव आउन देउ / नागरिकले तिमीहरुको पत्ता साफ गर्नेछ , हेक्का रहोस् /
नेमराज
June 14, 2020, 10:30 a.m.सरकारी उद्दार भनिसके पछी सके सबै निशुल्क हुनु पर्छ नसके पहिला सामान्य परिस्थितिमा जति खर्च लाग्थ्यो त्यसको ५० देखी ८०% सम्म सस्तो हुनु पर्दछ , होइन भने सरकारी उद्दार भनेर भन्न पाइदैन । बरु अरु देशले जस्तो व्यवसायिक कम्पनिहरुलाई उडान अनुमति देउ जुन फ्लाइटमा सस्तो पर्छ त्यहि फ्लाइट बाट नागरिक घर फर्कन्छ । तर इतिहास मा खड्क ओली सरकारको नाम जनताले कालो सुचिमा राख्नेछ ।
Kajisab
June 14, 2020, 12:29 a.m.भ्रष्टाचारको यो भन्दा राम्रो उदाहरण के हुन सक्छ ?? रेमिटेन्स पठाउने कामदारको उद्दार गर्नुपर्ने ठाउँमा ३ गुणा बढी भाडा तोक्ने अनि तीन पटक सम्म घटाउँदा पनि महँगोमा टिकट बेच्न दिने...त्यो वैदेशिक रोजगार र बीमा गर्दा लिएको पैसा खोइ ???? तिमीहरु मर्ने बेला कीरा परेको हेर्न पाउँ बस !!!!
सुमन राई
June 14, 2020, 12:14 p.m.कीरा नै परोस र मर्ने बेला पानी पीउन नपावस कुकुरहरू
Grish lhadka
June 13, 2020, 9:21 p.m.Dubai ko lagi 360$ ho ki 390$ ??