नेपालको पहिलो बैंक : नेपाल बैंक लिमिटेड आजदेखि ८८ औँ वर्षम...
कात्तिक ३०, २०८१ शुक्रबार
रसुवा - रसुवागढी नाका खुलाउने गरी आवश्यक गृहकार्य सुरु भएको छ ।
कोरोना भाइरस (कोभिड–१९) का कारण गएको माघ १५ गतेदेखि औपचारिक रूपमा बन्द गरिएको नाका सञ्चालनमा ल्याउन लागिएको हो । सरकारले सिन्धुपाल्चोकको तातोपानी र रसुवाको रसुवागढी नाका एकसाथ सञ्चालन ल्याउने निर्णय गरेको थियो । तर, चीनबाट सामग्री आयात गर्दा कोरोना भित्रन सक्ने भन्दै स्थानीयले विरोध गरेपछि तातोपानी नाका मात्रै सञ्चालनमा आएको हो ।
चीनले हिजो नाका खोल्न सहमति दिएकाले केही दिनमा नै नाका सञ्चालनमा आउने रसुवा भन्सार कार्यालयका प्रमुख भन्सार अधिकृत पुण्यबिक्रम खड्काले बताउनुभयो ।
नाका सञ्चालन नआउँदा तीन महिनादेखि राजस्व संकलन हुन नसकेको कार्यालयले जनाएको छ । नाका कसरी सञ्चालनमा ल्याउने भन्ने विषयमा दुवै देशका सीमा प्रशासनले निर्णय गर्नेछन् ।
नाका बन्द भएपछि चीनको स्वशासित क्षेत्र तिब्बतको जिलोङ काउन्टी प्रशासनले चार पटक सामग्री आयात गर्ने बाहेक नाकामा अन्य गतिविधि ठप्प छ । लामो समयदेखि नाका सञ्चालनमा आउन नसक्दा केरुङमा रहेका सामग्री बिग्रने अवस्थामा पुगेका व्यवसायीले बताएका छन् ।
रसुवागढी नाकाबाट तयारी कपडा, स्याउ, इलेक्ट्रोनिक सामग्री, निर्माण सामग्री, जुत्ता चप्पल, चस्माको फ्रेम लगायतका सामग्री आयात हुने गरेको छ । त्यस्तै बाँसको मुडा, काठका सामग्री, हस्तकलाका सामग्री निर्यात हुने गरेको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।