खाल्सा क्षेत्रमा पापानी चाड शुरू
मंसिर १०, २०८१ सोमबार
चितवन १४ जेठ – निर्माणको जिम्मा लिएर समयमा काम नसक्ने ३८ आयोजनाका ठेकेदार कम्पनीहरुको नामावली जिल्ला प्रशासन कार्यालय चितवनले गृह मन्त्रालयमा पठाएको छ ।
विभिन्न सरकारी कार्यालयबाट आयोजनाको ठेक्का लिएका तर समयमा काम नगर्ने ठेकेदारहरुको नामावली संकलन गरी पठाइएको प्रमुख जिल्ला अधिकारी जितेन्द्र बस्नेतले जानकारी दिनुभयो ।
गृह मन्त्रालयले काम नगर्ने ठेकेदारलाई कारबाही गर्ने चेतावनी दिएकोमा गृहमन्त्रीको गृह जिल्ला चितवनमा पनि काम नै नगर्ने ठेकेदारहरु फेला परेका हुन् ।
विभिन्न सरकारी कार्यालयसँग ठेक्का लिएर काम गरिरहेका निर्माण कम्पनीहरुको ठेक्का आयोजना र कार्यप्रगति विवरण संकलन गरिएको जानकारी दिँदै प्रजिअ बस्नेतले समयमै काम नगर्ने र सुस्त काम गर्ने ठेकेदारका विवरण गृह मन्त्रालयमा समेत पठाइसकिएको बताउनुभयो । चितवनमा सडक, सिंचाइ र पुलको काममा ठेकेदार पक्षबाट लापरवाही भएको देखिएको छ ।
जिल्लामा ३८ योजनाको जिम्मा लिएर तोकिएकोे समयमा काम नगर्ने ठेकेदारको विवरण केन्द्रमा पठाइएको जानकारी दिँदै उहाँले कतिपय आयोजनामा पेश्की रकम लिएर पनि काम नगरेको पाइएको जानकारी दिनुभयो ।
डिभिजन सडक कार्यालय चितवन अन्तर्गत आयोजनाको जिम्मा लिएर काम नगर्ने ३१ वटा निर्माण कम्पनी रहेका छन् । यसैगरी भूमिगत तथा जल सिंचाई विकास डिभिजन कार्यालय अन्तर्गत ३, जिल्ला प्राविधिक कार्यालय अन्तर्गत १ र शहरी विकास तथा भवन निर्माण विभाग डिभिजन कार्यालय अन्तर्गत २ वटा ठेकेदार कम्पनीले समयमा काम सकेका छैनन् ।
कार्य प्रगतिका हिसाबले हेर्दा जम्मा ३८ आयोजनाका ठेक्कामध्ये १२ वटा ठेकेदारले ५० प्रतिशत पनि काम नसकेको पाइएको छ । ३८ ओटा आयोजनामा २६ वटा ५० देखि ९० प्रतिशतसम्म काम सक्ने ठेकेदारहरु रहेको जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।
काम सम्पन्न गर्नुपर्ने मितिबाट केही ठेकेदारले काम नै गर्न छाडेको पनि देखिएको छ । समयमा काम नगर्ने ठेकेदारलाई कामको प्रकृति र अवस्था हेरेर तत्कालै कारबाहीको प्रकृयामा लगिने प्रजिअ बस्नेतले बताउनुभयो ।
१) पूजा कन्सट्रक्सन, धादिङ (२ वटा आयोजना)
२) भिजन कन्सट्रक्सन
३) नाना कन्सट्रक्सन
४) प्याल्दोर हिमाल निर्माण सेवा, धादिङ (३ वटा आयोजना )
५) भरतपुर ब्रदर्श कन्सट्रक्सन प्रालि, भरतपुर
६) पृथ्वी निर्माण सेवा (२ वटा आयोजना)
७) ओ. एस. इन्जिनियरिङ निर्माण सेवा
८) बिराज शिवशक्ती न्यू तिनकन्या जेभी
९) प्यासिफिक बिल्डर्स प्रालि, सुकेधारा, काठमाडाैं (२ वटा योजना)
१०) आजीवन निर्माण सेवा
११) जेएनडी कन्सट्रक्सन
१२) दिपाश्री इन्जिनियरिङ प्रालि, काठमाडाैं (२ वटा आयोजना)
१३) काष्ठमण्डप कन्सट्रक्सन प्रालि, बल्खु, काठमाडाैं
१४) आजीवन न्यू तिनकन्या जेभी
१५) आजीवन निर्माण सेवा
१६) इशान कन्सट्रक्सन
१७) त्रिशुली कन्सट्रक्सन
१८) शारदा निर्माण सेवा
१९) बज्रडङ कन्सट्रक्सन एण्ड सप्लार्यस
२०) रुपल सुप्रीम कन्सट्रक्सन
२१) डिभाइन लाईट कन्सट्रक्सन, भरतपुर (३ वटा आयोजना )
२२) सूर्यश्री कन्सट्रक्सन भरतपुर
२३) इको इन्जिनियरिङ
२४) नेपाल तराई निर्माण तथा डिप ट्युबवेल प्रालि, भरतपुर
२५) श्रीमन ड्रिलिङ्ग एण्ड कन्सट्रक्सन प्रालि
२६) महादेव ड्रिलिङ्ग उद्योग, खैरहनी
२७) भिमज्योती एमआरजेभी भरतपुर
२८) चिता एण्ड सल्लेरी एसोशियट्स प्रालि, भरतपुर
२९) पाल्पा इन्जिनियरिङ एण्ड विल्डसर्, रामग्राम परासी
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।
राधेश्याम खतिवडा उज्यालोका चितवन सहकर्मी र नेपाल पत्रकार महासंघ चितवन शाखाका पूर्व अध्यक्ष हुनुहुन्छ ।