च्याम्पिन्स लिगमा आज राति ९ खेल
मंसिर ११, २०८१ मंगलबार
नवलपरासी – नवलपुरको विनयी त्रिवेणी गाउँपालिकामा करेन्ट लागेर मङ्गलबार दुई जनाको ज्यान गएको छ । करेन्ट लागेर अर्का एक जना घाइते भएका छन् ।
जिल्ला प्रहरी कार्यालय नवलपरासी पूर्वका प्रहरी नायब उपरीक्षक (डीएसपी) एवम् सूचना अधिकारी मोहनबहादुर खाँणले दिनुभएकोे जानकारी अनुसार गाउँपालिका ३ काे सर्दीमा रहेकाे खोरण्डे खोलामा टिप्पर धुने क्रममा करेन्ट प्रवाह हुँदा दुई जनाको ज्यान गएको हो ।
लु २ ख ४७४४ नम्बरको टिप्पर धुने क्रममा टिप्परकाे पछाडिको भाग ( ढाला ) माथि उठाउँदा बिजुलीको तारमा छुन पुग्दा ढालामा करेन्ट प्रवाह हुँदा टिप्परका चालक र सहचालकको घटनास्थलमा नै ज्यान गएको हो ।
ज्यान गुमाउनेमा स्याङ्जा चापाकोट नगरपालिका ६ का ३२ वर्षीय चालक भरत थापा र नवलपुरको विनयी त्रिवेणी ५ धुरकोट देवरालीका १७ वर्षीय सहचालक आशिष विक रहेका छन् । यस्तै त्यही खोलामा नुहाइरहेका कास्की उपमहानरपालिका १७ का ४५ वर्षीय कृष्णबहादुर पाण्डे लु २ ख ४४४८ नम्बरका टिप्पर चालक घाइते हुनुभएको छ । नुहाइरहेका पाण्डे खोलामा प्रवाह भएको करेन्ट लागेर घाइते भएको प्रहरीले जनाएको छ ।
मृतककाे शव पाेस्टमार्टमकाे लागि दुम्कौली प्राथमिक स्वास्थ्य केन्द्रमा राखिएको छ । घाइतेको मध्यबिन्दु जिल्ला अस्पताल डण्डामा उपचार भइरहेको र अवस्था मध्यम रहेको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।
नवलपरासी सुस्ता पूर्वका उज्यालो सहकर्मी दयाराम आचार्य स्थानीय एफएममा पनि कार्यरत हुनुहुन्छ ।