कुश्माको 'द क्लिफ' मा विश्वकै लामो र अग्लो 'मेगाट्रोल' सञ्चालनम...
पुस २४, २०८१ बुधबार
पाल्पा – पाल्पामा पहिराेमा परि ज्यान गुमाउनेकाे सङ्ख्या चार पुगेकाे छ । तानसेन–गुल्मी सडक खण्डको सम्मोबारीमा गएको पहिरो पन्छाउने क्रममा पुरिएको अवस्थामा प्रहरीले मङ्गलबार दिउँसो थप एक पुरुषको शव फेला पारेको हो । उनको पहिचान खुलेको छैन ।
तानसेन नगरपालिका ११ काे सम्मोबारीमा सोमबार बेलुकी गएको पहिरोमा हिजो तीन जनाको ज्यान गएको थियो । पहिरोमा ज्यान गुमाउनेहरुमा पाल्पा रिब्दीकोट गाउँपालिका २ का ३२ वर्षीय भुवन खाम्चा, चितवन भरतपुर महानगरपालिका २९ का ३३ वर्षीय वीरबहादुर गुरुङ र काभ्रे पाँचखाल नगरपालिका ८ का २८ वर्षीय निवेश श्रेष्ठ रहेको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ ।
तानसेनदेखि गुल्मीकाे लागि छुटेका चार वटा सवारी साधन पनि पहिरोले बगाएको थियो । सोमबार पहिरोमा परि दुई जनाको घटनास्थलमै र एक जनाको उपचारको क्रममा ज्यान गएको थियो । सोमबार ज्यान गुमाउने तीनै जना लु १ च १९२८ नम्बरको तेल बोक्ने ट्याङ्करका रहेको प्रहरीले जनाएको छ ।
पहिरोले ट्याङ्करसहित लु २ च १३७६ नम्बरको ट्रक, लु १ च ७०११ नम्बरको कार र लु २ च ७०४३ नम्बरको पिकअपलाई बगाएको थियो । आइतबार राति परेको पानीले अवरुद्ध भएको तानसेन–रिडी सडक खुलाउने प्रयास भइरहेको प्रहरीले जनाएको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।
पाल्पाका उज्यालो सहकर्मी देव पचभैया श्रीनगर एफएममा पनि कार्यरत हुनुहुन्छ ।