वसन्तपुरमा हाेलीकाे राैनक (तस्वीरहरू)
फागुन २९, २०८१ बिहिबार
काठमाण्डाै – नेपाल प्रवेश गरेको सलह कीरा आज हावासँगै पश्चिमतिर सर्ने विज्ञहरुले अनुमान गरेका छन् ।
अफ्रिकी देशबाट पाकिस्तान र भारत हुँदै नेपालसम्म पसेको सलह कीरा हावा जता बहन्छ, त्यही दिशातिर उड्ने गर्छ । आज हावा पश्चिमतिर सर्ने भएकाले सलह पनि पश्चिमतिर सर्ने अनुमान गरिएको जल तथा मौसम पूर्वानुमान महाशाखाका मौसमविद् मिनकुमार अर्यालले जानकारी दिनुभयो ।
उहाँका अनुसार आज र भोलि पूर्वबाट हावाको बहाब पश्चिमतिर बढी हुनेछ । आजको दिन जमिनको सतहभन्दा १० मिटरमाथि हावाको गति अधिकतम ३५ देखि ४५ किलोमिटर प्रतिघण्टा हुने भएकाले सलह कीरा पनि त्यही अनुसार पश्चिमतिर बढी हुने सम्भावना रहेको अर्यालले बताउनुभयो ।
हावा जता बहन्छ सलह किरा पनि त्यही दिशातिर उडेर जाने भएकाले सलह आगमनमा मौसमले महत्वपूर्ण भूमिका खेल्ने उहाँले बताउनुभयो । यो किरा हावाको दिशा पछ्याएर सयदेखि १ सय ३० किलोमिटरसम्म समूह बनाएर हिँड्ने गर्छ । भोलि पनि पूर्वी दिशाबाट पश्चिमतिर हावा बहने अनुमान छ ।
नेपालमा मनसुन शुरु भई निरन्तर वर्षा भइरहेकाले सलह कीराको प्रभाव कम हुने अनुमान गरिएको महाशाखाले जनाएको छ । पानीले भिजेपछि सलह कीराको जिउ गह्रुँगो भएर उड्न नसक्ने भएकाले र नेपालमा मनसुन सक्रिय भइसकेकाले कम प्रभाव पर्ने मौसमविद अर्यालले बताउनुभयो ।
अबको केही दिन मनसुन सक्रिय हुने सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार आज प्रदेश नम्बर १, २, ५ र ७ मा ठूलो पानी पर्ने सम्भावना छ भने देशभर नै सामान्य खालको पानी पर्ने सम्भावना रहेको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।