नयाँ स्टक एक्सचेन्जको विषय अगाडि बढाउँछु : धिताेपत्र बाेर्डका ...
मंसिर १२, २०८१ बुधबार
डोटी - डोटीका पत्रकार तेजबहादुर खड्का बेपत्ता भएको दुई वर्षपछि आज निधन भएको पुष्टि भएको छ ।
दुई वर्ष अगाडि बाजुराको बुढीनन्दा मेलाबाट एकाएक बेपत्ता भएका नेपाल प्रेस युनियन डोटीका संस्थापक अध्यक्षसमेत रहनुभएका पत्रकार तेजबहादुर खड्काको निधन भएको पुष्टि भएको हो ।
पत्रकार खड्का बेपत्ता भएपछि नेपाल पत्रकार महासङ्घ केन्द्रीय टोलीले सुरक्षाकर्मी तथा स्थानीयवासीको सहयोगमा गएको वर्ष विसं २०७६ साल मङ्सिर महिनामा बाजुराको बढी नन्दामा कङ्काल भेटिएको थियो ।
भेटिएको मानव कङ्काल नेपाल प्रहरीको केन्द्रीय विधि विज्ञान प्रयोगशालामा डीएनए परीक्षणका लागि पठाइएको थियो । प्रयोगशालामा गरिएको परीक्षणपछि कङ्काल पत्रकार तेजबहादुर खड्काकै रहेको पुष्टि भएको खबर आएको जिल्ला प्रहरी कार्ययालय बाजुराका प्रहरी प्रमुख टंकप्रसाद भट्टराईले बताउनुभयो ।
बेपत्ता भएका पत्रकार खड्काको खोजी गर्ने क्रममा त्यसको एक वर्षपछि मङ्सिर महिनामा दुई वटा करङ, झोला र आइडी कार्ड भेटिएको थियो ।पत्रकार खड्का दिपायल सिलगढी नगरपालिका–१ तिखा घर भइ रेडियो बुढीनन्दा बाजुरामा बजार व्यवस्थापकको रुपमा काम गर्दै आउनुभएको थियो ।
खड्का रेडियो नेपाल क्षेत्रीय प्रशारण केन्द्र दिपायल हुँदै रेडियो नेपालकै केन्द्रीय प्रसारण केन्द्रमा समेत लामो समय कार्यरत रहनुभएको थियो । उहाँ विसं २०७५ साल भदौ ९ गते बुढीनन्दामा लागेको मेलाबाट फर्कने क्रममा बरमाग्ने भन्ने डाँडाबाट एकाएक बेपत्ता हुनुभएको थियो ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।