सुन्न सक्छौ सरकार खाडीमा कार्यरत नेपालीको आवाज ?

 साउन १३, २०७७ मंगलबार १४:५८:२८ | मेरो कथा मेरो भोगाई

छविलाल ओली, झापा/हाल दोहा कतार ।

म कतार आएको १५ महिना भयो । यहाँ आएको एक वर्षमा नै मैले घर फर्कन भनेर पेपर क्यान्सिल गरेको हो । यही जुलाई २० देखि मेरो ड्युटी पनि रोकियो । यहाँ काम रोकिएपछि के गरेर बस्ने ? घर फर्कन खोजेको । कम्पनीले टिकट नै पाइँदैन भन्छ ।

कम्पनीले टिकटका लागि दूतावासमा सम्पर्क गर भनेको हुनाले कम्पनीमा सम्पर्क गरें । तर व्यवसायिक उडान नखुल्दासम्म टिकट पाउन समस्या नै हुने रहेछ । सरकार र दूतावास त हाम्रो लागि ढुङ्गाको मुर्ती जतिकै भएका छन् ।

देशको अर्थतन्त्रको आधा हिस्सा रेमिट्यान्सले धानेको छ । सुन्न सक्छौ सरकार खाडीको आवाज ? आखिरमा गुलाम बन्नु बाध्यता हो शरीरको । परदेशमा पनि कहिल्यै भएन आशा जागिरको ।।

जब उसको पत्थर जस्तो मनले नाता तोडेपछि ।

घरीघरी अतित आउँछ याद बनेर तस्बिरको ।।

आफ्नै देशको सिमानामा बैरीले रजाइँ गर्दा पनि ।

छाती खोली लड्छन वीर रक्षा गर्छन् काश्मिरको ।।

गरिबका ती च्यातिएका हात पाउले कुदिएका ।

कसले सुरक्षा गर्छ अब गुम्बा मठ मन्दिरको।।

मनै न हो जहाँ पुगे पनि सम्झना आइरहन्छ ।

तिनै गाउँबेसी गरेका पाखा पखेरा र भिरको ।।

अन्तिम अपडेट: मंसिर २९, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

1 Comments

  • Sudesh Gurung

    July 8, 2022, 12:04 a.m.

    यस्तै छ परदेशको पिडा ।

  •  0 Reply

तपाईको प्रतिक्रिया