यू–१९ महिला टी–२० विश्वकप : अस्ट्रेलियासँग ८३ रनले हार्दै नेप...
माघ ९, २०८१ बुधबार
पर्सा – कोरोना भाइरसको सङ्क्रमणबाट वीरगञ्जमा ७१ वर्षीय एक वृद्धको मृत्यु भएको छ । उहाँको उपचारको क्रममा नेशनल मेडिकल कलेजमा बुधबार दिउँसो मृत्यु भएको हो ।
उहाँको मृत्युपछि आएको रिपोर्टमा कोरोना भाइरसको सङ्क्रमण पोजेटिभ देखिएको पर्साका प्रहरी उपरीक्षक गंगा पन्तले जानकारी दिनुभयो ।
मिर्गाैला र निमोनियाको समस्याबाट पीडित वृद्ध पखाला लागेका कारण अस्पताल भर्ना हुनु भएको थियो । कतिपय अस्पतालले भर्ना लिन नमानेपछि उहाँ मेडिकल कलेजमा पुग्नु भएको थियो ।
उहाँको साउन ११ गते आइतबार नै पीसीआर विधिबाट कोरोना परीक्षणका लागि स्वाब लिइएकाे थियो ।
वृद्धको उपचारकै क्रममा मृत्यु भएको नेशनल मेडिकल कलेजका कोभिड फोकल पर्सन डाक्टर असरफ हुसैनले जानकारी दिनुभयो । यसअघि वीरगञ्जमा बुधबार बिहान ६८ वर्षीय वृद्धको कोरोना भाइरसको सङ्क्रमणका कारण मृत्यु भएको थियो ।
योसँगै नेपालमा कोरोना भाइरसबाट मृत्यु हुनेकाे सङ्ख्या ५१ पुगेको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।