आजदेखि रातमा काठमाण्डौ प्लाजामा निःशुल्क पार्किङ गर्न सकिने
मंसिर ७, २०८१ शुक्रबार
भक्तपुर - साहित्यकार रघुराम न्यौपानेको कवितासंग्रह ‘यो शहर’ सार्वजनिक गरिएको छ ।
चाँगुनारायण नगरपालिका –७ वागेश्वरी चारघर चौतारामा रहेको लोकगायक बुद्धिकृष्ण लामिछानेको घरमै पुगेर उहाँकै हातबाट कविता संग्रह विमोचन गरिएको हो । लामिछाने तीन वर्षदेखि पक्षाघात र अन्य रोगबाट ओछ्यानमै थलिनुभएको छ ।
उहाँले गीत, संगीत र साहित्य कहिल्यै मर्न नहुने बताउँदै यसको विकासमा सबैलाई लाग्न आग्रह गर्नुभयो । कार्यक्रममा साहित्यकार न्यौपानेले यसअघिका कृति बिक्रीबाट संकलित रकममध्ये रु १० हजार लामिछानेको स्वास्थ्योपचारका लागि प्रदान गर्दै सरकारलाई उहाँको उपचारका लागि उचित व्यवस्था गरिदिन आग्रह गर्नुभयो ।
गैरसरकारी संस्था महासंघ भक्तपुरका अध्यक्ष सोम शर्मा बजगार्ईँले उहाँको घरको अवस्था र स्वास्थ्यावस्था देखेर आफूलाई मर्माहित बनाएको बताउँदै उहाँको उचित व्यवस्थापनमा सरकारको ध्यान नपुगेकामा दुःख व्यक्त गर्नुभयो । क्रियाशील पत्रकार मञ्च भक्तपुरका अध्यक्ष रमेश गिरीले लामिछानेलाई स्रष्टाले पनि सहयोग गर्नुपर्नेमा जोड दिनुभयो ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।