पाकिस्तानमा धार्मिक हिंसा भड्किँदा कम्तीमा ३२ जनाको ज्यान गयो
मंसिर ८, २०८१ शनिबार
काठमाण्डौ - हीरामणि शाक्यको काठमाण्डौको न्यूरोडमा सुनचाँदीको पसल छ । उहाँको पसलमा गएको वर्ष यतिबेला निकै चहलपहल हुन्थ्यो । तीजको लागि तिलहरी, जन्तर, झुम्का, नौगेढी लगायतका गहना अर्डर हुन्थ्यो । दैनिक १० देखि १५ तोलाको गहना बनाउनका लागि अर्डर आउने भएपछि त्यहाँ काम गर्ने कालिगढलाई भ्याइनभ्याइ हुन्थ्यो ।
मंगलबजारमा रहेको देव शाक्यको पसलमा पनि पोहोरपरार दैनिक ५ तोलासम्मको गहना बनाउन अर्डर आउँथ्यो । तर यसपाली पसल खोल्न पुगे पनि व्यापार ठप्पै भएको उहाँहरु बताउनुहुन्छ । दुवैजनाको एउटै भनाइ छ, ‘भाउ महँगो भएकाले मुसोले पनि च्याउँदैन ।’ हीरामणि थप्नुहुन्छ, ‘गएका वर्षहरुमा तीजको लागि भन्दै महिनौं अघि गहनाको लागि अर्डर आउँथ्यो, तर यसपटक बनाउन आउनेले पनि पुरानै सुन लिएर आउने गरेका छन् ।’
२०७२ सालको भूकम्प अघि सुनचाँदीको कारोबार निकै चम्किने गरेको भए पनि भूकम्पपछि कारोबार कम हुँदै गएको थियो । २०७५ र २०७६ मा फेरि सुनचाँदीको कारोबार आशालाग्दो भए पनि अहिले कारोबार ठप्प नै भएको व्यवसायीको भनाइ छ । विश्वव्यापी रुपमा फैलिरहेको कोरोना भाइरसको सङ्क्रमणका कारण सुनको भाउ दिनहुँ बढ्न थालेपछि कारोबार ठप्प भएको हो ।
सामान्यतया सुनको धेरै कारोबार बिहेको मौसम र दशै, तीज जस्ता चाडपर्वमा हुने गर्दछ । तर यो पटक न लगनका बेला कारोबार भयो, न त अहिले तीज आउने बेला हुँदा पनि भएको छ । न त आउँदै गरेका चाडपर्वमा नै कारोबार हुने देखिन्छ ।
भूकम्पपछिको आशलाग्दो वर्ष २०७५
२०७२ सालमा भूकम्प गएपछि मानिसको जोड दैनिकी कसरी चलाउने भन्नेमै गयो । गरगहना परको कुरा । तर तीन वर्ष थलिएको कारोबार २०७५ मा एउटा उत्साह लिएर आयो । २०७५ को तीजमा दैनिक ४० किलोभन्दा धेरै सुन माग हुने गरेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । त्यतिबेला बैंकले उपलब्ध गराउने २० किलो सुन अपुग भएपछि व्यवसायीले ‘ब्ल्याक’मा समेत किनेका थिए । माग धेरै भएपछि तोलामा तीन हजार रुपैयाँसम्म धेरै तिरेका व्यवसायी बताउँछन् ।
त्यतिबेला बैंकले दैनिक २० किलो दिने गरेकामा महासंघले १२ किलो पाउथ्यो भने अरु संघसंस्थाले बाँकी ८ किलो लिन्थे । भाउ सस्तो हुँदा कारोबार धेरै भएको व्यवसायीको भनाइ छ । २०७५ को साउनमा सुनको भाउ तोलाको ५६ हजारको वरिपरि नै थियो । निकै महंगो हुँदा पनि सुनको भाउ तोलाको ५६ हजार ४ सय रुपैयाँ मात्र पुगेको थियो । त्यही भएर कारोबार चम्किएको हो ।
२०७५ सालमा सोचेभन्दा धेरै कारोबार भए पनि २०७६ साउनमा सुनको कारोबार घट्यो । एक वर्षअघिको भाउमा सुनको भाउ उकालो लागेपछि कारोबार कम भएको हो । गएको वर्ष साउनमा सुनको भाउ तोलाको ७१ हजार ५ सय रुपैयाँसम्म पुगेको थियो । त्यही भएर तीजको लागि गहना बनाउने २०७५ को तुलनामा कम भए । तर पनि व्यवसाय चलेकै थियो । २०७६ को साउनमा सुनको माग दैनिक २५ किलोको हाराहारीमा भएको थियो ।
तर यो वर्ष अवस्था अलि फरक छ । ‘कोरोना संक्रमणका कारण धेरैले जागिर गुमाएका छन् । आयआर्जनको पाटो खुम्चिँदै गएको छ । भविष्य अनिश्चित बनेको छ । त्यही भएर मानिस दैनिकी कसरी अघि बढाउने भन्ने सोचमा छन् । गरगहना कसले किन्ने ?’ महासंघ अन्तर्गतको भाउ निर्धारण समितिका संयोजक तेजरत्न शाक्य प्रश्न गर्नुहुन्छ ।
भाउ किन महँगो ?
अन्तर्राष्ट्रिय बजारमा सुनमा लगानीकर्ता बढेका, सुनको उत्पादनमा कमी आएको, ठूला देशबीच द्वन्द्व बढेको तथा कोरोना सङ्क्रमणका कारण अस्थिरता बढेकाले सुनको भाउ निरन्तर बढिरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघ अन्तरर्गतको भाउ निर्धारण समितिका संयोजक शाक्यले बताउनुभयो । यस्तै अन्तर्राष्ट्रिय भाउमा नै भर पर्नुपर्दा नेपालमा सुनको भाउ महँगो भएको उहाँको भनाइ छ ।
चार महिनामा कति बढ्यो ?
सुनको भाउ चार महिनामा २६ हजार ५ सय रुपैयाँ बढेको छ । लकडाउन अघि २०७६ चैत १० गते तोलाको ७७ हजार रुपैयाँमा कारोबार भएको सुनको भाउ लकडाउन खुकुलो भएपछि बजार खुलेको दिन जेठ २५ गते तोलामा १० हजार ४ सय बढेर तोलाको ८७ हजार ४ सय रुपैयाँमा कारोबार भएको थियो । त्यसयता उकालो लागेको सुनको भाउले रेकर्ड बनाउँदै गएको छ ।
नयाँ रेकर्ड बनाउँदै जेठमा तोलाको ८९ हजार ६ सय रुपैयाँ पुगेको सुनको भाउ बढ्ने क्रम असारमा पनि रोकिएन । असार अन्तिममा तोलाको ९२ हजार ८ सय रुपैयाँसम्म पुग्यो । साउन लागेपछि थोरै घटबढ भएको सुनको भाउ गएको ७ गतेदेखि भने दिनदिनै नयाँ रेकर्ड बनाउने क्रममा छ ।
यही क्रममा साउन २३ गते सुनको भाउ अहिलेसम्मकै महँगो तोलाको एक लाख तीन हजार पाँच सय रुपैयाँ पुग्यो । त्यसमा आइतबार नौ सय रुपैयाँ घटेर तोलाको एक लाख दुई हजार ६ सय रुपैयाँ पुगेको छ । सोमबार भने दुई सय रुपैयाँ घटेर एक लाख दुई हजार चार सय रुपैयाँ छ ।
भाउ महँगो हुँदा किनबेच ठप्प
सुनको भाउ महँगो हुँदा व्यवसायीले किन्ने मानिस नआए पनि बेच्ने धेरै आउने अनुमान गरेका थिए । तर उनीहरुले सोचेजसरी मानिस न किन्न बजार पुगेका छन्, न बेच्न नै । कोरोनाका कारण दैनिकी चलाउन नै कठिन भएकाहरु फाट्टफुट्ट रुपमा बेच्न पुगेका महासंघले जनाएको छ ।
भाउ बढेर अझै कति पुग्ने हो यकिन नहुँदा भविष्यमा किन्नै पो सकिँदैन कि ? भनेर पनि बेच्न धेरै नआएका व्यवसायीको अनुमान छ । ‘मूल्य बढ्दै गर्दा किन्ने त संख्या छैन तर मान्छेहरु बेच्न पनि डराइरहेका छन्’ महासंघका निर्वतमान अध्यक्ष मणिरत्न शाक्य भन्छन्, ‘त्यसैले अहिले कारोबार शून्यजस्तै छ ।’
कारोबार कम भएपछि आयात पनि घट्यो
सुनको मूल्य बढ्दै गएपछि आयात पनि घटेको छ । आर्थिक वर्षमा २०७६/०७७ मा १३ अर्बको सुन आयात भएको छ । आर्थिक वर्ष २०७४/०७५ मा ३१ अर्बको सुन आयात भएकोमा २०७५/७६ मा ३४ अर्बको आयात भएको थियो।
तर आर्थिक वर्षमा २०७७/०७८ मा लकडाउन भएपछिको चार महिनामा सुनको आयात ठप्प भएको हो । यो आर्थिक वर्षको साउन, भदौ र असोजमा आयात ठप्प भयो । तर भाउ बढेर कारोबार नै नभएपछि विभिन्न बैंकले लकडाउन अघि किनेका ६ सय किलो जति मौज्दात रहेको महासंघले जानकारी दिएको छ ।
अब भाउ के हुन्छ ?
सुनको भाउ तोलाको एक लाख रुपैयाँ नाघिसकेको छ । दैनिक उकालो लाग्ने क्रममा पनि छ । यसो हुँदा तोलाकै दुई लाख पुग्छ भन्ने सर्वसाधरणको अनुमान छ । तर नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुनको भाउ बढ्नु या घट्नु कोरोना सङ्क्रमण बढ्छ वा घट्छ भन्नेमै निर्भर हुन्छ ।
‘कोरोना कहरकै कारण अन्तर्राष्ट्रिय बजारमा लगानीकर्ता आकर्षित हुँदा सुनचाँदीको भाउ बढेको हो’, महासंघको माउ निर्धारण समितिका संयोजक शाक्य भन्नुहुन्छ, ‘अमेरिका र चीनजस्ता ठूला देशबीच तनाव बढेको र डलर ओरालो लागेकाले भाउ महँगो भएको हो ।’
शाक्यका अनुसार कोरोना संक्रमणको दर यही ढंगले बढ्दै गएमा सुनको मूल्य अझ बढ्न सक्छ । सुरुसुरुमा सम्पत्ति भन्दा पनि यसलाई सजावटको रुपमा लिएको र अहिले आएर सम्पत्तिकै रुपमा सुरक्षित गर्न थालिएकाले यसको मूल्य अझै बढ्दै गएको उहाँको भनाइ छ।
‘सुरुमा मानिसहरु सुनलाई गहनाको रुपमा मात्र हेर्थे’, शाक्य भन्नुहुन्छ, ‘अहिले गहना मात्र नभएर सम्पत्तिकै रुपमा सुरक्षित गर्न थालेपछि यसको मूल्य बढेको देखिन्छ । यही ढंगले बढ्ने हो भने दुई हजार डलरसम्म पुग्ने अनुमान गर्न सकिन्छ ।’
कोरोनाको सङ्क्रमण कम भएपछि भाउ घट्नेमा व्यवसायी आशावादी छन् ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।