खाल्सा क्षेत्रमा पापानी चाड शुरू
मंसिर १०, २०८१ सोमबार
मकवानपुर - मकवानपुरको हेटौँडा उपमहानगरपालिका र मनहरी राजमार्ग क्षेत्रमा निषेधाज्ञा जारी गरिएको छ । जिल्ला सुरक्षा समिति मकवानपुरको बैठकले गएराति १२ बजेदेखि लागू हुने गरी साउन महिनाभरि नै निषेधाज्ञा जारी गरेको हो ।
हेटौँडामा कोरोना संक्रमितको संख्या बढ्न थालेपछि कमाण्ड पोष्टको बैठकको सिफारिसका आधारमा सुरक्षा समितिले निषेधाज्ञा जारी गरेको हो । हेटौँडा उपमहानगरपालिका क्षेत्रका १९ वटै वडा, त्यसको ५ सय मिटर आसपासको क्षेत्र र मनहरी गाउँपालिकाको राजमार्ग क्षेत्रमा निषेधाज्ञा जारी भएको मकवानपुरका प्रमुख जिल्ला अधिकारी दीपकराज नेपालले जानकारी दिनुभयो ।
निषेधाज्ञामा के-के गर्न पाइन्छ ?
- निषेधाज्ञाको अवधिभर खाद्यवस्तु खरिद गर्न बाहिर निस्कन पाइनेछ ।
- एम्बुलेन्स, बिरामी बोकेको गाडी, खाद्य वस्तु जस्तैः दूध, तरकारी, खानेपानीका गाडी संचालन गर्न सकिने ।
- पेट्रोलियम पदार्थ बक्ने ट्याङ्कर, शववाहन, फोहोर व्यवस्थापनको गाडी, दानाको गाडी, संचारकर्मी, स्वास्थ्यकर्मी तथा सुरक्षा निकायले प्रयोग गर्ने गाडीहरु गुड्न पाउनेछन् ।
- खाद्यान्न पसल, पेट्रोलपम्प, ग्याँस डिपो, औषधि पसल खुल्ला रहनेछन् । खाद्यान्नको पसल बिहान ५ बजेदेखि ९ बजेसम्म मात्र संचालन गर्न सकिने ।
- जिल्ला प्रशासन कार्यालयबाट पास लिएका गाडी मात्रै चलाउन पाइने ।
कुन-कुन क्षेत्र बन्द रहन्छन् ?
- सम्पूर्ण निजी तथा सार्वजनिक यातायात बन्द रहने छन् । माथि उल्लेखित बाहेकका पसल, उद्योगका साथै व्यवसाय संचालन पूर्णरुपमा बन्द रहने छ ।
- सबै सरकारी तथा निजी कार्यालयहरु, गैर सरकारी, बैंक तथा वित्तीय संस्थाहरु एवं सहकारीबाट प्रदान हुने सबै सेवा पूर्णरुपमा बन्द रहने छन् ।
- धार्मिक, सांस्कृतिक सामाजिक भेटघाट जस्तै विवाह व्रतबन्ध गर्न पाइने छैन् । अन्य क्षेत्रबाट निषेधाज्ञा जारी रहेको क्षेत्रका पस्न तथा आवतजावतमा रोक लगाइएको छ ।
- त्यस्तै उद्योग कारखाना संचालन गर्न परे सुरक्षाको मापदण्ड पूरा गरी उद्योग परिसर भित्रै क्वरेण्टीन बनाएर संचालन गर्न सकिने बताइएको छ ।
जिल्ला सुरक्षा समितिको बैठकले नेपालको मौजुदा कानुनको संक्रामक रोग ऐन, २०२० विशेष व्यवस्था गर्ने अधिकारको १ बमोजिम निषेधाज्ञा जारी गरेको हो ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।
मकवानपुरका उज्यालो सहकर्मी हरि हुमागाईं नेपाल पत्रकार महासंघको पूर्व जिल्ला अध्यक्षसमेत हुनुहुन्छ ।