अस्ट्रेलियाले दियाे नेपाललाई १ सय ४० रनकाे लक्ष्य
माघ ९, २०८१ बुधबार
भक्तपुर – उपप्रधान तथा स्वास्थ्य मन्त्री उपेन्द्र यादवले धेरै बाहुन क्षेत्रीको वरिपरी मात्रै सत्ता र शासन घुमिरहेकाले देशको विकास प्रभावकारी ढंगले हुन नसकेको बताउनु भएको छ ।
संघीय समाजवादी फोरम नेपालको भक्तपुर नगर भेलामा मंगलबार बोल्दै उहाँले ७ प्रतिशत व्यक्तिहरु सत्ताको वरिपरी रहेन र ७३ प्रतिशत बाहुल्य भएका व्यक्ति सधै सत्ता र शासनबाट बाहिर रहनुपर्ने भएकाले देशको राजनीति नै असुन्तुलित बनेको बताउनुभयो ।
‘नेपाल भनेकै नेवारले चिनिन्छ, त्यति हुँदाहुँदै पनि नेवार, मधेशी, जनजाति, दलित, पहाडका खस सत्ता र शासनको केन्द्र बिन्दुबाट सधैँ बाहिर पारिन्छन्’, मन्त्री यादवले भन्नुभयो, ‘अब समानुपातिक भागिदारी र साझेदारी हुने गरी सत्ता र शासन चल्नुपर्छ ।’
उहाँले संघीयता र गणतन्त्रलाई बलियो बनाउन संविधान संशोधनको विकल्प नभएको बताउनुभयो । उहाँले अहिले आएको परिवर्तन संघीय गणतन्त्रलाई संरक्षित गरी सबैको समान हक, अधिकार पाउने अवस्था सृजना गर्न संविधान संशोधन अनिवार्य भएको बताउनु भएको हो ।
‘संविधान संशोधन गर्ने, किनारा लाग्न बाँकी राष्ट्रिय मुद्धाको सम्बोधन गर्ने र विगतमा भएको विभिन्न आन्दोलनको उपलब्धिलाई संस्थागत गर्ने सहमति भएर हामी सरकारमा आएका हौं’, मन्त्री यादवले भन्नुभयो, ‘अहिले सहमतिलाई पूरा गर्ने अभियानमा हामी लागेका छौं ।’
अहिलेको संविधानबाट पछाडि परेको वर्ग, जाति, भाषा, धर्म र भूगोलको समस्या एवं अधिकार सम्बोधन गर्न असम्भव भएकाले संविधान संशोधन गर्नुपर्ने उहाँको धारणा थियो ।
मन्त्री यादवले भन्नुभयो, ‘अहिलेम्म केही सीमित व्यक्तिको वरिपरी मात्रै सत्ता घुमेको छ, सत्ताको पहुँचसम्म नेवार, मधेशी, जाजाति, दलित र पहाडका खसको पहुँच पुगेको छैन, त्यो अब पहुँचको विस्तार गर्नुपर्छ ।’
सबैको पहिचान र भाषिक अधिकारलाई सुनिश्चित गर्नुपर्नेमा जोड दिँदै उहाँले आफ्नो पार्टीले सरकारमा रहेर यसका लागि संघर्ष गरिरहेको उहाँको भनाई थियो । मन्त्री यादवले यसवर्ष १२०० वटा प्राथमिक स्वास्थ्य केन्द्र स्थापना गर्ने बताउनुभयो ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।
कुमार खाति
Aug. 9, 2018, 6:07 p.m.उप ज्यु तपाईंको कुरा वास्तबिक नै हो।तर तराईमा ति दलित र महिलाको स्तिथी किन पहाड्को भन्दा दयानोय?अवशर पाउना यदव नै हुनुपर्ने?अनि ठेट तराईका नेपाली भन्दा बिशेस गरि आप्रवासी भारतियको पक्ष्यमा कि चर्को आवज गरि राखेको त।झुट्को पनि सिमा हुन्छ नि?
रामकूमार नेम्बाङ
Aug. 9, 2018, 3:37 p.m.यो कुरा सतप्रतिसत ठिक छ। अबको युगमा अरुको अधिकार कुन्ठीत गर्नु हुन्न त्यो पनि ७ प्रतिसतले।
Narabhupal Rai
Aug. 9, 2018, 1:14 p.m.बोलेको बचन पुरा गर्नुहोस /
Hari BK
Aug. 8, 2018, 3:04 p.m.Man kai kura bhanya. Bastivakta yehi ho. 100% agree
Raju thapa
Aug. 7, 2018, 8:44 p.m.बिचरा यादव सर, हजुर चाहिं कुन शुद्र जातको /
Raju thapa
Aug. 7, 2018, 8:44 p.m.Bichara Yadav sir..hajur chahi kun sudra jatko ho