नेप्से परिसूचक साढे १६ अङ्कले घट्यो

 भदौ ३, २०७७ बुधबार १६:४५:३३ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – नेप्से परिसूचक बुधबार साढे १६ अङ्कले घटेको छ । बुधबार परिसूचक १६ दशमलव ६ अङ्कले घटेर १३ सय ९१ दशमलव २९ अङ्कमा झरेको नेपाल स्टक एक्सचेन्ज लिमिटेडले जनाएको छ ।

सबैभन्दा धेरै जीवन बिमा समूहको परिसूचक १३६ दशमलव ५९ अङ्कले घटेको छ । बुधबार दिनभर ९७ करोड ६२ लाख रुपैयाँ बराबरका २४ लाख ७४ हजार कित्ता शेयर किनबेच भएकाे नेपाल स्टक एक्सचेन्ज लिमिटेडले जनाएको छ ।

सबैभन्दा धेरै सिटिजन इन्भेस्टमेन्ट ट्रस्टकाे आठ करोड रुपैयाँभन्दा धेरैको शेयर कारोबार भएको छ । नेप्से परिसूचक घटे पनि समृद्धि फाइनान्स कम्पनी लिमिटेडका शेयर लगानीकर्ताले भने १० प्रतिशत कमाएका छन् । प्रुडेन्टियल इन्स्योरेन्स कम्पनी लिमिटेडका शेयर लगानीकर्ताले भने झण्डै चार प्रतिशत गुमाएका छन् । 

अन्तिम अपडेट: फागुन ३, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया