अस्ट्रेलियासँगकाे टेष्ट शृङ्खलाकाे पहिलो पारीमा भारत १ सय ५० ...
मंसिर ७, २०८१ शुक्रबार
यूएई – दुबईमा अलपत्र परेका २ सय ६४ जना नेपाली आज स्वदेश फर्किएका छन् ।
नेपाल फर्किन भनेर दुबई विमानस्थल पुगेका तर सरकारको निर्णय भन्दै यात्रुलाई नलिएरै जहाज रित्तै फर्किएपछि गएको सोमबार दुबईमा अलपत्र परेकाहरु आज नेपाल एअरलाइन्सको वाइड बडी ए ३३० जहाजमार्फत नेपाल फर्किएका हुन् । आजको उडान पनि तोकिएको समय भन्दा सवा दुई घण्टा ढिला भएको छ ।
यो उडानमा नेपाल जानका लागि २ सय ७० जनाले टिकट काटेका थिए । टिकट लिएकामध्ये ६ जना कागजात नमिलेका कारण नेपाल फर्किन नपाएको नेपाल एअरलाइन्सको यूएई हेर्ने आधिकारिक एजेन्सी एन्टाका साजु पौलले उज्यालोलाई जानकारी दिनुभयो । यूएईमा ज्यान गुमाएका लुक बहादुर कुँवर र करेन्ट लागेर ज्यान गुमाएका रुपन्देही मझुवाका कृष्णबहादुर खड्काको शव पनि त्यस्तै आजकै उडानमार्फत नेपाल पठाइएको छ ।
कोभिड १९ सङ्कट व्यवस्थापन सञ्चालन केन्द्र (सीसीएमसी)ले विदेशबाट फर्कनेका लागि होटल क्वरेण्टीन व्यवस्था नभएको भन्दै उडान स्थगित गर्न संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयलाई पत्राचार गरेपछि त्यही पत्रको आधारमा पर्यटन मन्त्रालयले विदेशमा अलपत्र नेपाली फर्काउन तय गरेको चार्टर्ड उडान स्थगन गरेका कारण यूएईमा उद्धारको लागि पुगेको जहाज रित्तै फर्किएको थियो ।
कोरोनाको पीसीआर परीक्षणको प्रमाण सहित नेपाल उड्ने तयारी गरिसकेका यात्रुलाई जहाजले नबोकी उडेपछि गएको सोमबार दुबई विमानस्थलमा नेपालीहरु अलपत्र परेका थिए । विभिन्न कारणले जागिर गुमाएर लामो समयदेखि समस्यामा परेकाहरु नेपाल फर्किन भन्दै यूएईका विभिन्न राज्यबाट दुबई विमानस्थल पुगेका थिए ।
त्यसरी अलपत्र परेपछि कतिपय आफ्नै कोठामा फर्किएका थिए भने टाढा कोठा हुनेहरुलाई खान र बस्नको लागि नेपाली समाज तथा एनआरएनए यूएईले सहयोग गरेको थियो । नेपाल फर्किन जहाज चड्ने अन्तिम समयमा सरकारको कामदार नल्याउने भन्ने अपरिपक्व निर्णयले राज्यलाई नै घाटा लागेको भन्दै सरोकारवालाहरुले बिरोध जनाएका थिए । चौतर्फी दबाब र विरोध भएपछि सरकारले पहिले काटेको पुरानै टिकटमा नेपाल फर्काएको हो ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।
उज्यालाे सहकर्मी उमाकान्त पाण्डे युएईमा बसेर पत्रकारिता गर्नुहुन्छ।