एअर अरेबियाले ल्यायो पीसीआर रिपोर्ट नभएका यात्रु, छानविन समिति गठन

 भदौ १३, २०७७ शनिबार १३:४१:१० | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - एअर अरेबियाले पीसीआर रिपोर्ट नभएका यात्रु काठमाण्डौ ल्याएर दु:ख दिएको गुनासो आएपछि पर्यटन मन्त्रालयले छानविन समिति गठन गरेको छ ।

भदौ ९ गते मंगलबार यूएईको सारजहाँबाट काठमाण्डौ आएको एअर अरेबियाको जहाजले ल्याएका एक सय ६१ नेपालीमध्ये १९ जनाको पीसीआर रिपोर्ट थिएन । पीसीआर रिपोर्ट नभएकैले उनीहरुले काठमाण्डौमा क्वरेण्टीनको लागि निकै समस्या भोग्नुपरेको थियो ।

यसको छानविन गर्न संस्कृति पर्यटन तथा नागरिक उडड्यन मन्त्रालयले पर्यटन विभागका निर्देशक सुरेन्द्र थापा संयोजक रहेको तीन सदस्यीय समिति गठन गरेको हो । शुक्रबार गठन भएको समितिले तीन दिनभित्रमा रिपोर्ट पेश गर्नेछ ।

सरकारले विदेशबाट आउनेहरुको साथमा अनिवार्य पीसीआर नेगेटिभ रिपोर्ट हुनुपर्ने नियम बनाएको छ । त्यसो नभएमा सम्पूर्ण यात्रुको होटल क्वरेण्टीन खर्च सम्बन्धित एअरलाइन्सले नै बेहोर्नुपर्ने सरकारले जनाएको छ ।

अन्तिम अपडेट: पुस २७, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया