नेपालका लागि बेलायती पूर्वराजदूत रिचार्ड मोरिसको शव फेला

 भदौ १६, २०७७ मंगलबार ९:३४:२ | रासस
unn.prixa.net

काठमाण्डाै - विगत ४ महिनादेखि बेपत्ता भएका बेलायती कूटनीतिज्ञ रिचार्ड मोरिसको शव फेला परेको छ । नेपालका लागि बेलायती पूर्वराजदूतसमेत रहेका रिचार्डको हेम्पसायर जंगलमा शव भेटिएको हो ।

गएको ६ मे तारिखमा आफ्नो घर ब्रेन्टिलीबाट बिहान दौडिन निस्कनुभएको थियो । हराइरहेका उहाँको २ माइल टाढा एलिस हल्ट जंगलमा प्रहरीले शव फेला पारेको  बीबीसीले जनाएको छ ।

५२ वर्षमा मोरिस जुन जंगलमा दौडन मन पराउनुहुन्थ्यो त्यही ठाउँलाई प्रहरीले खोजीको केन्द्रमा राखेको थियो । प्रहरीले घटनाका बारेमा अनुसन्धान गरिरहेको जनाइएको छ ।

मोरिसले नेपालमा सन् २०१९ सम्म चार वर्ष काम गर्नुभएको थियो । उहाँ बेपत्ता हुनुअघि बेलायत सरकारले फिजिका लागि ब्रिटिस हाई कमिशनका लागि नियुक्त गरेको बीबीसीले जनाएको छ ।

माेरिसका श्रीमती, दुई छोरा र एक छोरी छन् । 

अन्तिम अपडेट: मंसिर ५, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया