अफ्रिकी देश चाडका राष्ट्रपतिको निवासमा बन्दुकधारीको हमला, १९ ...
पुस २५, २०८१ बिहिबार
अफगानिस्तान र विद्राेही समूह तालिवानबीच शान्ति वार्ता सुरु भएको छ । कतारमा अफगानिस्तान र तालिवानबीच औपचारिक रुपमा शान्ति वार्ता सुरु भएको हो ।
वर्षौदेखिको युद्ध अन्त्यका लागि सुरु भएको वार्ताले शान्ति स्थापित गर्न सहयोग पुग्ने विश्वास लिइएको छ । वार्ताको मध्यस्थताका लागि कतार पुगेका अमेरिकी विदेशमन्त्री माइक पोम्पेओले यो वार्तालाई ऐतिहासिक बताउनु भएको छ ।
उहाँले अफगानिस्तान सरकार र तालिवानबीचको वार्ता सबैभन्दा लामो युद्ध अन्त्य गर्ने अमेरिकाको एउटा पहल भएको बताउनुभएको छ । अमेरिका तालिवान सुरक्षा सम्झौता अनुसार शान्ति वार्ता सुरु भएको हो । गएको फेब्रुअरी महिनामा तालिबान र संयुक्तराज्य अमेरिकाबीच कतारको राजधानी दोहामा भएको सम्झौतापछि अफगान सरकार र तालिबान समूहबीच वार्ता सुरु भएको हो ।
यस अघि मार्च महिनामा गर्ने भनिएको वार्ता विवादास्पद कैदीको रिहाईमा भएको ढिलाईका कारण पछि सरेको थियाे । वार्ता सफल भएमा अफगानिस्तानमा चार दशकदेखि भइरहेको हिंसा अन्त्य हुनेछ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।