नयाँ मौसमी प्रणाली भित्रिँदै, काठमाण्डाैसहित पूर्वमा पानी नपर्ने
माघ ९, २०८१ बुधबार
काठमाडौं – नेपाल कम्युनिष्ट पार्टी नेकपाका नेता माधवकुमार नेपाल मन्त्री, प्रदेश सांसद र विभागका सचिवसहित ठेकेदारलाई समेत लिएर सडक अनुगमनमा निस्कनुभएको छ ।
नेता नेपाल बिहीबार चाबहिल–बौद्ध–साँखु–जोरपाटी सडकको अनुगमनमा निस्कनुभएको हो । काठमाडौं क्षेत्र नम्बर २ का सांसद समेत रहेका नेता नेपाल प्रदेश सांसद रामेश्वर फुयाँल, यातायात मन्त्री रघुवीर महासेठसमेतलाई लिएर सडक निर्माणको अनुगमनमा निस्कनुभएको हो ।
उहाँले अनुगमनका क्रममा काममा ढिलाई गर्ने ठेकेदार माथि कारबाही गर्ने चेतावनी दिनुभएको छ । उहाँले आफू १५ दिनपछि अनुगमनमा आउँदा सडकमा रहेको खाल्डाखुल्डी पुरिनुपर्ने बताउनुभयो । ठेकेदारले १५ दिनपछि सबै खाल्डाखुल्डी पुरिसक्ने प्रतिबद्धता जनाएका थिए ।
स्थानीयवासीले ठेकेदारले अनुगमनमा मन्त्री तथा नेता आउने भनेपछि ठेकेदारले सडक सफा गर्ने र मर्मत गर्ने, मन्त्री तथा नेता नआउँदा सडकको बेहाल हुने गुनासो गरेका थिए । स्थानीयवासीले नेता नेपाललाई जानकारी नगराई सडकको अनुगमनमा आए वास्तविक अवस्था बुझ्न सकिने बताएका थिए ।
भिडियाे र फाेटाे राजेश रार्इकाे फेसबुकबाट
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।
बिष्णु प्रसाद उपाध्याय
Aug. 9, 2018, 6:47 p.m.यसरी नेताहरूको लर्को लगाएर सड़क को खाल्डा खुल्टी पुर्ने काम देखाएर कहिले देस बिकास होला ? ज़िम्मेवारी कस्को तेसैले ज़िम्मा लिएर इमानदारी नदेखाए सम्म यो सम्भव छैन ।योकुरा ज़िम्मेवार ब्यक्ती ले पनी बुझ्न पर्यो र निती निर्माण कर्ताले पनि काहा गल्ती छ त्यस्को पत्ता लगाइ कार्यवाही अगाडी बडाउनु पर्यो । नत्र एकदिनको देखावटीले हुदैन बिकास ।