नेप्से झण्डै ३१ अङ्कले बढ्यो, चार वटा कम्पनीको शेयरमा १० प्रतिशतको वृद्धि

 असोज १, २०७७ बिहीबार १५:४३:९ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – शेयर बजार परिसूचक नेप्से बिहीबार झण्डै ३१ अङ्कले बढेको छ । नेप्से बिहीबार ३० दशमलव ७८ अङ्कले बढेर १५ सय ७२ दशमलव १८ बिन्दुमा पुगेको छ ।

निर्जीवन बीमा समूह बाहेक अरु सबैजसो समूहको शेयर बिहीबार बढेको छ । होटल समूहको शेयर एक सय ६१ अङ्कले बढेको छ भने जलविद्युतको ८८ अङ्कले, विकास बैंकको ६६ अङ्कले, जीवन बीमाको ४० र फाइनान्स समूहको शेयर ४२ अङ्कले बढेको छ ।

बिहीबार एक सय ९१ कम्पनीका एक करोड १८ लाख कित्ता शेयर तीन अर्ब ३१ करोड ५६ लाख रुपैयाँमा किनबेच भए । नेपाल पुनर्बीमा कम्पनीको १३ करोड २३ लाख र नेपाल बैंक लिमिटेडको १२ करोड १८ लाख रुपैयाँ बराबरको शेयर किनबेच भएको छ ।

हिमाल दोलखा हाइड्रोपावर कम्पनी, रिलायन्स लाइफ इन्स्योरेन्स, सोल्टी होटल र तारागाउँ रिजेन्सी होटलका लगानीकर्ताले १० प्रतिशतका दरले कमाएका छन् । समग्र बजार बढे पनि एनआरएन लघुवित्त वित्तीय संस्थाका शेयरधनीले झण्डै सात प्रतिशत गुमाएका छन् ।  

अन्तिम अपडेट: कात्तिक २३, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया