सामाजिक सुरक्षा कोषबाट उपचार सुविधा विस्तार
मंसिर १२, २०८१ बुधबार
पर्सा - तेस्रो देशबाट सुक्खा बन्दरगाह हुँदै नेपाल प्रवेश गर्ने छोकडामा प्रतिबन्ध लगाएपछि साढे सात करोड मूल्य बराबरको ५० कन्टेनर छोकडा वीरगञ्जमा रोकिएको छ ।
नेपाल सरकारले चैत १६ गतेपछि आएको छोकडा नछोड्ने निर्देशन दिएपछि यस छाेकडा बन्दरगाहमै अड्किएको सुक्खा बन्दरगाह भन्सार कार्यालय सिर्सियाका निर्मित प्रमुख जगदिश पूर्वेले जानकारी दिनुभयो । यहाँकाे छोकडा छोड्ने वा नछोड्ने भन्नेबारे सरकारको निर्देशन नआएकाले जाँच पास हुन नसकेको बताउनुभयो ।
विदेशी मुद्रा सञ्चितिमा दबाब बढेको भन्दै नेपाल सरकारले गएकाे चैत १६ गतेयता यस्ता वस्तुको आयातमा प्रतिबन्ध लगाएको बताइएको छ । नेपाल सरकारको निर्णयपछि मरिच, केराउ र सुपारी नेपाल भित्रिए पनि छोकडा भने विगत पाँच महिनाभन्दा लामो समयदेखि बन्दरगाहमा रोकिएको आयातकर्ता नगनित अग्रवालले बताउनुभयो ।
उहाँले बन्दरगाहमा आइसकेका छोकडाको जाँच पासमा रोक लगाएपछि कच्चा पदार्थको रुपमा रहेको छोकडा सडेर बिग्रिन थालेको गुनासो गर्नुभयो । व्यवसायीले सरकारले केराउ, मरिच र सुपारी जुन प्रक्रियाबाट सरकारले छोड्यो त्यही प्रक्रियाबाट छोकडा पनि छोड्नुपर्ने माग गरेका छन् ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।