चितवनमा धान उत्पादन घट्यो
मंसिर ६, २०८१ बिहिबार
काठमाण्डौ – नेप्से परिसूचक मङ्गलबार पनि २२ दशमलव ९१ अङ्कले घटेको छ । साेमबार ६ अङ्कले घटेको परिसूचक मङ्गलबार पनि घटेर १५ सय ४६ दशमलव १५ अङ्कमा झरेको नेपाल स्टक एक्सचेन्ज लिमिटेडले जनाएको छ ।
मङ्गलबार कारोबार हुने सबै समूहको उपसूचक घटेका छन् । सबैभन्दा धेरै बीमा समूहको उपसूचक १०९ दशमलव ४७ अङ्कले घटेको छ ।
'क' वर्गका कम्पनीहरु मापन गर्ने सेन्सेटिभ इन्डेक्स पनि ४ दशमलव ८४ अङ्कले घटेको छ । मङ्गलबार दिनभर दुई अर्ब ८१ करोड रुपैयाँ बराबरका ७८ लाख ५६ हजार कित्ता शेयर किनबेच भएका छन् । कारोबार रकम भने साेमबारकाे तुलनामा थोरैले बढी हो ।
मङ्गलबार सबैभन्दा धेरै शिखर इन्स्योरेन्स कम्पनी लिमिटेडको सबैभन्दा धेरै ३१ करोड ९५ लाख रुपैयाँ बराबरका शेयर कारोबार भएको छ । बजार घटेको दिन पनि युनाइटेड फाइनान्स कम्पनी लिमिटेडका शेयर लगानीकर्ताले ६ दशमलव ८२ प्रतिशत कमाएका छन् ।
लिवर्टी इनर्जी कम्पनी लिमिटेडका शेयर लगानीकर्ताले सबैभन्दा धेरै १० प्रतिशत गुमाएका छन् ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।