रास्वपा सभापति लामिछाने आज रुपन्देही जिल्ला अदालतमा उपस्थित ह...
माघ ९, २०८१ बुधबार
चितवन – गृहमन्त्री राम बहादुर थापाले बालक निशान खड्कालाई अपहरण गरी हत्या गर्नेहरु इकाउन्टरमै मारिएको बताउनु भएको छ ।
शुक्रबार बिहान भरतपुर विमानस्थलमा संचारकर्मीहरुले राखेको जिज्ञासाको जवाफ दिँदै गृहमन्त्री थापाले २४ घण्टा भित्रै अपहरणकारीहरुलाई नियन्त्रणमा लिई निष्तेज पार्न सरकार सफल भएको पनि दाबी समेत गर्नुभयो ।
उहाँले अहिले इन्काउन्टर फेक भनेर हल्ला चलिरहेकोले हल्लाको पछि नलाग्नसमेत आग्रह गर्नुभयो ।
गृहमन्त्री रामबहादुर थापाले नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका प्रवक्ता खड्गबहादुर विश्वकर्मा (प्रकाण्ड) अपराधि भएकाले पक्राउ गर्नु परेको स्पष्टिकरण पनि दिनु भएको छ ।
ध्वंसात्मक गतिविधिमा संलग्न चन्द नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीसँग सरकारले वार्ता र कार्वाही एकैसाथ अघि बढाउने नीति लिएको पनि स्पष्ट पार्नुभयो ।
उहाँले सरकारले गैरकानुनी क्रियाकलापमा संलग्न जोकोही पनि कार्वाही गर्ने चेतावनी पनि दिनुभयो ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।
Sunil Magar
Aug. 10, 2018, 12:38 p.m.अपहरणकर्तालाई मात्र होइन , सरकार बलात्कारीलाई पनि सत्य तथ्य बुझेर दोषीलाई यो काइदा अपनाइयोस /