स्वास्थ्य समस्या भएका खेलाडीलाई कल्याणकारी कोषकाे आर्थिक सहयाेग

 असोज १८, २०७७ आइतबार १२:५१:४ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ - स्वास्थ्य समस्या भएका राष्ट्रिय खेलाडीलाई राष्ट्रिय खेलाडी कल्याणकारी कोषले आर्थिक सहयोग गरेको छ । कल्याणकारी कोषले राष्ट्रिय खेलाडी र पूर्वराष्ट्रिय खेलाडीलाई उपचार खर्चस्वरुप ४ लाख रुपैयाँ सहयोग गरेको हो । 

कोषले एथ्लेटिक्स, बास्केटबल, जुडो र कबड्डीका चार खेलाडीलाई आइतबार सहयोगस्वरुप चार लाख रुपैयाँ प्रदान गरेको हो । राष्ट्रिय खेलकुद परिषद् राखेपका सदस्य सचिव एवं कोषका अध्यक्ष रमेशकुमार सिलवालले एथ्लेटिक्सका पूर्वराष्ट्रिय खेलाडी रविनकुमार राईको परिवारलाई एक लाख रुपैयाँ, बास्केटबलकी सविता खड्कालाई १ लाख २५ हजार, जुडोका पूर्व खेलाडी पृथ्वी आलोकलाई १ लाख र कबड्डीकी मनिषा विष्टलाई ७५ हजार रुपैयाँको चेक दिनुभएको हो। 

क्यान्सर रोगबाट पीडित राईको गएको साउन १९ गते निधन भएको थियो । सहयोग रकम राईकी पत्नी मन्जु श्रेष्ठलाई हस्तान्तरण गरिएको हो । यस्तै घुँडाको समस्या भएका खड्का, आलोक र विष्टले अहिले फिजियोथेरापी गराउँदै आएका छन् । 

अन्तिम अपडेट: मंसिर १२, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया