नेप्से झण्डै १५ अङ्कले बढ्यो, तीन अर्ब बढीको कारोबार

 असोज १८, २०७७ आइतबार १५:५६:५९ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – शेयर बजार परिसूचक नेप्से आइतबार झण्डै १५ अङ्कले बढेको छ । नेप्से १४ दशमलव ७१ अङ्कले बढेर १५ सय ८५ दशमलव ७६ अङ्कमा पुगेको छ ।

जलविद्युत् र सामूहिक लगानी कोषबाहेक अरु सबैजसो समूहको शेयर उकालो लागेको छ । आइतबार उत्पादन समूहको शेयर एक सय ४५ अङ्कले, जीवन बीमा समूहको ४५, निर्जीवन बीमा समूहको २४, विकास बैंकको २३ तथा बैंक र व्यापार समूहको शेयर १५ अङ्कका दरले बढेको छ ।

आइतबार बार एक सय ९३ कम्पनीका एक करोड दुई लाख ७४ हजार कित्ता शेयर तीन अर्ब चार करोड ४१ लाख रुपैयाँमा किनबेच भएका छन् । सबैभन्दा धेरै शिवम् सिमेन्टको २६ करोड १७ लाख रुपैयाँको शेयर कारोबार भएको छ । 

आइतबार कर्पोरेट विकास बैंक, शिवम् सिमेन्ट र प्रोग्रेसिभ फाइनान्सका शेयरधनीले नौ प्रतिशतभन्दा धेरैले कमाएका छन् । तर समग्र शेयर बजार बढे पनि युनियन, दिव्येश्वरी र खानीखोला जलविद्युत् कम्पनीका शेयरधनीले नौ प्रतिशतभन्दा धेरैका दरले गुमाएका छन् ।   

अन्तिम अपडेट: मंसिर ६, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

1 Comments

  • susan lamichhane

    Oct. 4, 2020, 5:27 p.m.

    आइतवार कि सोमवार दुविधा भयो हजुर ......

  •  0 Reply

तपाईको प्रतिक्रिया