विपद् व्यवस्थापन गर्न बाँकेका आठ पालिकाबीच सहकार्य
फागुन २६, २०८१ सोमबार
काठमाण्डाै – काठमाण्डौ उपत्यकामा बिहीबार दुई हजार पाँच सय ४० जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार गएको २४ घण्टामा काठमाण्डौमा दुई हजार ८५ जना, भक्तपुरमा एक सय ३५ जना र ललितपुरमा तीन सय २० जनामा कोरोनाको सङ्क्रमण देखिएको हो ।
त्यस्तै बिहीबार देशभर १८ हजार चार सय ७३ जनाको पीसीआर परीक्षण भएकोमा चार हजार तीन सय ६४ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । योसहित अहिलेसम्म कोरोना सङ्क्रमितको सङ्ख्या ९८ हजार ६ सय १७ पुगेको छ । यसमध्ये ७१ हजार तीन सय ४३ जना उपचारपछि निको भएका छन् ।
सक्रिय सङ्क्रमितको सङ्ख्या २६ हजार ६ सय नाघेको छ । अब लकडाउन हुन्छ कि हुँदैन भन्ने द्विविधा पनि बढेको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।