नयाँ मौसमी प्रणाली भित्रिँदै, काठमाण्डाैसहित पूर्वमा पानी नपर्ने
माघ ९, २०८१ बुधबार
सरकारले प्रदेशमा खटिने कर्मचारीलार्इ एकमुष्ट रुपमा मुख्यमन्त्रीको कार्यालयमा पठाउने निर्णय गरेको छ । मुख्यमन्त्री कार्यालयबाटै प्रदेश सरकारले कर्मचारीलाई खटनपटन गर्नेगरी मन्त्रिपरिषदको बैठकले यस्तो निर्णय गरेको हो ।
शुक्रबार बसेको मन्त्रिपरिषदको निर्णयअनुसार प्रदेश मन्त्रालय वा प्रदेश सरकार अन्तर्गतको स्वीकृत संगठन संरचना वा दरबन्दीमा सेवा समूह संचालन गर्ने मन्त्रालय वा केन्द्रीय निकायले कर्मचारीहरुलाई खटाउँदा राजपत्रान्कित द्वितीय श्रेणी वा सो सरह वा सो भन्दा मुनिका कर्मचारीहरुलाई एकमुष्ट रुपमा प्रदेश मुख्य मन्त्री वा प्रदेश मन्त्रिपरिषदको कार्यालयमा खटाउने छ । कर्मचारीलाई आफ्नो आवश्यकता अनुसार प्रदेश सरकारले कामकाजमा लगाउन सक्नेछ ।
यस्तै बैठकले मौलिक हकसँग सम्बन्धित जनस्वास्थ्य सेवालाई ब्यबस्थापन गर्न बनेको विधेयक संसदमा दर्ता गराउने निर्णय गरिएको छ। साथै मकवानपुर र डोटीमा बाल सुधार गृह संचालन गर्ने तथा नेपाल खाद्य संस्थान र नेशनल ट्रेडिङ्गलाई मर्ज गरेर राष्ट्रिय आपूर्ति कम्पनी स्थापना गर्ने निर्णय पनि बैठकले गरेको छ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।