काठमाण्डौको तारकेश्वरमा बसको ढोकाबाट खसेर दुई जनाको ज्यान गयो
मंसिर १५, २०८१ शनिबार
काठमाण्डौ – सरकारले विदेशी तयारी रक्सीको आयात खुला गरेको छ ।
२०७६ सालको चैत २४ गते राजपत्रमा भएको व्यवस्था संशोधन गरेर सरकारले विदेशी तयारी रक्सीको आयातमा रोक लगाएको थियो । तर यही असोज २२ गते बसेको मन्त्रिपरिषद्को बैठकले राजपत्रमा भएको व्यवस्था संशोधन गरेर रक्सी आयात खुलाउने निर्णय गरेको सरकारका प्रवक्ता तथा परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले जानकारी दिनुभयो ।
यस्तै ५० हजार डलरभन्दा धेरै मूल्यको गाडी भित्र्याउन लगाइएको रोक पूर्णरुपमा नहटे पनि सर्तसहित भित्र्याउन पाइने भएको छ ।
अब विदेशी कुटनीतिक नियोग, कुटनीतिक सुविधा प्राप्त अन्तर्राष्ट्रिय सङ्घ संस्था र ती कार्यालयमा काम गर्ने कुटनीतिक सुविधा पाएका कर्मचारीले निजी सुविधाको लागि ५० हजार डलरभन्दा धेरै मूल्यका गाडी आयात गर्न पाउने छन् ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।
SUSHIL
Oct. 27, 2020, 12:56 p.m.वाह सरकार सलाम गर्न मनलाग्यो / नेपालको एकमाने अल्कोहलचाहिं पुलिस लगाएर फाल्ने अनि विदेशवाट आयात गर्ने , वाह ! अनि हुन्छ समृद्ध देश , सुखी नेपाली /
Chandra Rai
Oct. 12, 2020, 1:24 a.m.स्वदेशमा त्यो पनि स्थानीय तहमा परम्परागत र साँस्कृतिक रुपमा उत्पादन हुने मदिरालाई गैर कानुनी भन्दै सरकार जफत गर्न र नास गर्न उद्दत छ। तर बिदेशी रक्सी महगो र डलरमा किन्न सहमत छ : खोई राष्ट्रबादी र समृद्दिको सोच?