युक्रेनको ऊर्जा ग्रिडमा रूसको व्यापक आक्रमण
मंसिर १४, २०८१ शुक्रबार
काठमाण्डौ - अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको कोरोनासम्बन्धी पछिल्लो पोष्ट ट्वीटरले नदेखिने बनाएको छ ।
राष्ट्रपति ट्रम्पले कोरोना भाइरसबाट प्रतिरक्षा भएको दाबी गर्दै ट्वीट गर्नुभएको थियो । कोरोनासम्बन्धी भ्रामक जानकारी दिएर ट्वीटरको नियमको उल्लङ्घन गरेकोले देख्न नमिल्ने बनाएको ट्वीटरले जनाएको बीबीसीले उल्लेख गरेकाे छ ।
योभन्दा अगाडि पनि अमेरिकी राष्ट्रपति ट्रम्पका कतिपय पोष्टहरुले गलत सन्देश दिएको भन्दै फेसबुक र ट्वीटरले हटाउँदै आएका थिए । योभन्दा अगाडि फक्स न्यूजसँगको अन्तर्वार्ताका क्रममा पनि राष्ट्रपति ट्रम्पले आफूमा प्रतिरक्षा प्रणालीको विकास भएकोले दोस्रो व्यक्तिमा कोरोना नसर्ने बताउनुभएको थियो ।
राष्ट्रपति ट्रम्पले पटक-पटक विभिन्न औषधिलाई प्रतिरक्षा प्रणालीको विकास गर्ने औषधि भएको दाबी गर्दै आउनुभएको थियो । राष्ट्रपति ट्रम्पले आजदेखि चुनाव प्रचार गर्दै हुनुहुन्छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।