कात्तिक ७ गतेदेखि विदेशी च्यानलमा विज्ञापन प्रसारण गरे कारबाही हुने

 असोज २८, २०७७ बुधबार १३:६:२१ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – सरकारले नेपालमा प्रसारण हुने विदेशी टेलिभिजन च्यानल कात्तिक ७ गतेदेखि अनिवार्य रुपमा विज्ञापन रहित बनाउनैपर्ने जनाएको छ ।

सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले बुधबार विज्ञप्ति निकालेर कात्तिक ७ गतेपछि विदेशी च्यालनमा विज्ञापन प्रसारण गरेको पाइएमा कानुनअनुसार कारबाही हुने पनि चेतावनी दिएको छ ।

विज्ञापन नियमन गर्न बनेको ऐन २०७६ को दफा ६ (१) अनुसार नेपालमा प्रसारण हुने विदेशी च्यानल विज्ञापनमुक्त अर्थात् क्लिन फिड हुनैपर्ने भन्दै मन्त्रालयले कुनै पनि बहानामा अब क्लिन फिड लागू गरेरै छाड्ने जनाएको छ । 

इण्डियन ब्रोडकास्टर फोरम, डिस्कभरी नेटवर्क, बीबीसी न्युज, नेपाल केबल टेलिभिजन महासङ्घलगायत संस्थाले क्लिन फिडको म्याद थप गर्न पत्र पठाएकोमा पनि मन्त्रालयले ध्यानाकर्षण भएको जनाएको छ ।

ऐनले नै एक वर्षको तयारी अवधि दिएको र त्यो तयारी अवधि कात्तिक ७ गते सकिने भएकाले कात्तिक ७ गतेपछि सबै विदेशी च्यानल अनिवार्यरुपमा विज्ञापन रहित बनाउन मन्त्रालयले आग्रह गरेको छ । 

अन्तिम अपडेट: मंसिर १४, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया