नयाँ मौसमी प्रणाली भित्रिँदै, काठमाण्डाैसहित पूर्वमा पानी नपर्ने
माघ ९, २०८१ बुधबार
काठमाडौं - प्रधानमन्त्री केपी शर्मा ओलीले समग्र स्वास्थ्य क्षेत्रका समस्या समाधान गर्न गठन गरिने स्वास्थ्य शिक्षा अनुगमन संयन्त्रको नेतृत्व गर्न डा गोविन्द केसीसमक्ष प्रस्ताव गर्नु भएको छ । शनिबार बालुवाटारमा भएको छलफलमा प्रधानमन्त्री ओलीले स्वास्थ्य क्षेत्रको सुधारका लागि केसीका मागको सीमामा मात्रै अल्झिनु पर्छ भन्ने पक्षमा आफू नभएको भन्दै यस्तो प्रस्ताव गर्नुभएको हो ।
‘म प्रधानमन्त्री भएका बेला तपाईं अनसन नै बस्नु पर्ने थिएन । नागरिकको स्वास्थ्य सेवासँग गाँसिएका विषयमा तपाईंसँग सरकारको कुनै विमति थिएन । स्वास्थ्य शिक्षाको क्षेत्रमा सुधार गर्न र यसमा भएका विकृति अन्त्य गर्न एउटा बलियो संयन्त्र बनाउँ’ प्रधानमन्त्री ओलीले केसी समक्ष भन्नुभयो, ‘त्यसको कमाण्ड तपाईं सम्हाल्नुस्, दुर्गमका नागरिकको सुलभ स्वास्थ्य सेवाका लागि कसले अवरोध गर्छ डण्डा चलाउने संयन्त्रको नेतृत्व तपाईं नै गर्नुस्, तपाईंको पछाडि बसेर सरकारले सहयोग गर्छ ।’
प्रधानमन्त्रीको प्रस्ताव सकारात्मक भए पनि आफू त्यस्तो प्रशासनिक जिम्मेवारीमा नरहने र त्यसका लागि कयौं योग्य डाक्टर र प्रशासकहरु रहेको केसीले भन्नुभयो । ‘म त्यस्तो संयन्त्रमा बस्दिनँ, बाहिरै बसेर काम गर्छु, अन्य योग्य ब्यक्तिहरु धेरै हुनुहुन्छ’ केसीले जवाफ दिनुभयो।
प्रधानमन्त्री ओलीले आफ्नो संकल्प देश बनाउने भएको र नागरिकको स्वास्थ्य र शिक्षाको विषयमाथि आफ्नो संकल्प र प्रतिवद्धता कमजोर नरहेको बताउनुभएको उहाँको निजी सचिवालयले जनाएको छ । प्रधानमन्त्रीले स्वास्थ्य क्षेत्रमा सुधार गर्न केसीसँग भएका सम्झौतामा मात्रै सीमित रहनु पर्छ भन्ने आफूलाई नलागेको र त्यसबारे खुला भएर काम गर्न तयार रहेको बताउनुभयो ।
प्रधानमन्त्रीले कुनै निजी मेडिकल कलेजसँग गाँसेर आफूलाई नहेर्न पनि केसीलाई आग्रह गर्नुभयो ।
भेटमा डाक्टर केसीले सहमति भएको १५ दिन बितिसक्दा पनि माग कार्यान्वयनको सुरुवात नभएको भन्दै चिन्ता व्यक्त गर्नुभएको थियो । माग पूरा नभए आफू फेरि अनशनमा बस्ने चेतावनी पनि दिनुभएको छ ।
चिकित्सा शिक्षा सुधारको माग गर्दै १५ औं पटक अनशनमा बसेको २७ औं दिनमा सरकारसँग सहमति भएपछि डाक्टर केसीले गएको १० गते अनशन तोड्नुभएको थियो ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।