कोशी र मधेश प्रदेशमा मन्द शीतलहर, जनजीवन प्रभावित
माघ १२, २०८१ शनिबार
काठमाण्डाै – अमेरिकी राष्ट्रपतीय चुनाव २०२० मा अझै करोडौँ सङ्ख्यामा मत गन्न बाँकी रहँदा डोनाल्ड ट्रम्पले असमर्थित जितको घोषणा गरेका छन् ।
‘खुलेर भन्दा यो चुनाव हामीले जितेका छौँ’, उनले दबिएको स्वरमा दाबी गर्दै भने । साथै उनले विना कुनै प्रमाण चुनावमा धाँधली भएको बताएका छन् ।
अमेरिकी राष्ट्रपति चुनावको परिणाम आउँदै गर्दा ट्रम्पले ह्वाइट हाउसमा सम्बोधन गर्दै निकै ठूलो धोका भएको बताएका हुन् ।
‘यो हाम्रो देशको लागि लाजमर्दाे कुरा हो’, ट्रम्पले भने, ‘चुनाव परिणामसँग लड्नको लागि सर्वाेच्च अदालत जाने तयारीमा छौँ ।’
ट्रम्पले अघि थपे, ‘हामी एक ठूलो जितको तयारी गरिरहेका थियौँ र अचानक यस्तो खबर सुन्न पुग्यौँ, केही निकै दुखी व्यक्तिहरुको एक समूह छ, जो मानिसहरुको मताधिकारसँग खेलवाड गरिरहेका छन् । टेक्सस, फ्लोरिडा, ओहायोमा हामीले चुनाव जितेका छौँ, उनीहरुलाई थाहा छ कि उनीहरु जित्न सक्दैनन्, त्यसैले यो विषयलाई सर्वाेच्च अदालत लैजान चाहन्छन् ।’
अहिले मतगणना भइरहँदा डाेनाल्ड ट्रम्प र जाे बाइडेनबीच कडा प्रतिस्पर्धा भइरहेकाे छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।